न्यायाधीशका सुरक्षागार्डको पेस्तोल लुटियो
काठमाडौं : न्यायाधीशका बडिगार्डको रुपमा खटिएका प्रहरी जवनाको पेस्तोल लुटिएको छ। जनकपुर उच्च अदालतका न्यायाधीश शकुन्ताला घिमिरेका अंगरक्षक रंजिता केवटका प्रेमी सिवेन्द्र यादव हतियार लुटेर फरार भएका छन्।
प्रहरी जवानलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान थालेको छ। उनलाई धनुषा प्रहरीले न्ययाधीशको अंगरक्षको रुपमा खटाएको थियो। पेस्तोलमा सात राउण्ड गोली लोड गरिएको थियो ।
प्रहरी जवान केवट र उनका प्रेमी केवटको घर नवलपरासीको रामग्राम नगरपालिकास्थित परासी बजारमा छ । जनकपुरधाम उपमहानगरपालिका ४ मा रंजिता बस्दै आएकी थिइन्।
प्रहरीको उच्च स्रोतका अनुसार, प्रहरी जवान केवटका प्रेमी सोमबार उनको कोठामा आएका थिए । सोमबार साँझ प्रेमीसँग उनको विवाद भएको थियो ।
त्यसपछि साँझ करिब ८ बजेतिर रंजिताका प्रेमी पेस्तोल लिएर भागेका थिए । हतियार लिएर फरार भएको घटना तीन घण्टापछि मात्रै जिल्ला प्रहरीका पुगेको थियो । प्रहरीले एकजना सईको कमाण्डमा अनुसन्धान टोली गठन गरेर प्रहरी जवानका प्रेमी यादवको खोजीमा खटाएको छ।
प्रतिक्रिया दिनुहोस !