क्षतिपूर्ति र कारबाहीको माग गर्दै पूर्व -पश्चिम राजमार्ग अवरुद्ध

क्षतिपूर्ति र कारबाहीको माग गर्दै पूर्व -पश्चिम राजमार्ग अवरुद्ध

महेन्द्रनगर :  पूर्व-पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरको भाषीमा राजमार्ग अवरुद्ध गरिएको छ ।सवारी दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र सवारी चालकलाई कारबाहीको माग गर्दै बुधबार कञ्चनपुरको भीमदत्तनगरस्थित पूर्व-पश्चिम राजमार्गको भाषी खण्डमा अवरुद्ध गरिएको हो ।

मंगलबार भीमदत्त नगरपालिकाको सुकासालमा गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नम्बरको जीपले विपरित दिशाबाट आइरहेको म २ प ९४९५ नम्बरको मोटरसाइकललाई ठक्‍कर दिँदा मोटरसाइकल चालक भीमदत्त नगरपालिका ४ भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको थियो ।

सोही विषयलाई लिएर मृतका परिवार र आफन्तले भाषीमा टायर बालेर राजमार्ग अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।

प्रहरीले जीप चालक भीमदत्तनगरपालिका १० जिमुवाका ३० वर्षीय राकेश बम घाइते भएको जनाएको छ । मृतकको शव महाकाली अस्पतालमा परीक्षण भइहेको छ । प्रहरीले राजमार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.