स्वर्ण विजेता कमल श्रेष्ठलाई गृहजिल्लामा सम्मान
![स्वर्ण विजेता कमल श्रेष्ठलाई गृहजिल्लामा सम्मान](https://annapurnapost.prixacdn.net/media/albums/kheladi-3_20191218103111_gg8lOuAZVx.jpg)
सन्धिखर्क : सन्धिखर्क नगरपालिका १२ डिभर्ना स्थायी घर भएका स्वर्ण विजेता कमल श्रेष्ठलाई जिल्लामा बाजागाजासहित सम्मान गरिएको छ । उनलाई सन्धिखर्क नगरपालिकाले २५ हजार नगदसहित सम्मान पत्र, दोसल्ला र ढाका टोपीले सम्मान गरेको हो। सन्धिखर्कका नगर प्रमुख कमल प्रसाद भुसालले २५ हजार नगदसहित सम्मानपत्र, दोसल्ला र ढाका टोपीले सम्मान गरे।
दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई जिल्लावासीले भव्य स्वागत गरेका छन् । उनले तेक्वान्दोको पुम्से (एकल २४-२९ वर्ष) तर्फ स्वर्ण र तेक्वान्दाकै समूहगत विधामा कास्य पदक जितेका थिए।
उनलाइ उद्योग वाणिज्य संघ अर्घाखाँची, चेम्बर अफ कमर्स, जिल्ला खेलकुद विकास समिति, सदरमुकाम सन्धिखर्कका स्थानीयवासिन्दा र नेवार समुदायले फूलमाला, अबीर, मायाको चिनो र सम्मानपत्रले सम्मान गरेका हुन्।
सम्मान कार्यक्रममा बोल्दै स्वर्ण विजेता कमल श्रेष्ठले जिल्लामा पाएको सम्मानले आत्मबल बढेको बताए। 'यति धेरै सम्मान पाउँछु भन्ने सोचेकै थिएन, उनले भने, 'यो सम्मानले मेरो आत्मबल उच्च भएको छ, अझै धेरै मेहनत गर्नेछु।'
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)