१० दिन बितिसक्दा पनि खुलेन उद्योग वाणिज्य संघको ताला

१० दिन बितिसक्दा पनि खुलेन उद्योग वाणिज्य संघको ताला

धनकुटा : ४५ औं साधारण सभापछि धनकुटा उद्योग वाणिज्य संघमा लागेको ताला १० दिन बित्दा पनि खुल्न सकेको छैन । तालाबन्दी कै कारण नयाँ नेतृत्व छान्न मंसिर २८ गते तोकिएको मतदान समेत स्थगित भएको थियो । 

धनकुटा ६ स्थित सल्लेरीमा रहेको धनकुटा उद्योग वाणिज्य संघको गेटमा अहिले दोहोरो ताला झुण्डिएको छ । बाम पक्षधर असन्तुष्ट व्यवसायीले सदस्यता पाउनुपर्ने माग गर्दै संघको उद्घाटन सत्र र बन्द सत्र सम्पन्न भएको भोलीपल्ट अर्थात् मंसिर २३ गते निर्वाचन समितिको समेत रहेको संघको कार्यालयमा तालाबन्दी गरेको थियो । 

लोकतान्त्रिक पक्षधरले साधारणसभा समेत सम्पन्न भई विधिसम्मत संघको निर्वाचन प्रक्रिया अगाडि बढिसकेकाले निर्वाचन प्रक्रियालाई तत्काल सूचारु गर्न माग गर्दै मंसिर ३० गते तालाबन्दी गरेको थियो। 

अहिले उद्योग वाणिज्य संघको कार्यालयमा दोहोरो तालाबन्दी भएको छ । अहिले पनि दुवै पक्षधर व्यवासायीबीच  पटक-पटक सर्वदलीय बैठक बसे पनि सहमति हुन सकेको छैन।  तालाबन्दीकै विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले पटक-पटक राखेको सर्वपक्षीय बैठक निष्कर्ष बिहीन अवस्थामा टुंगिएको थियो ।

प्रजिअ डा. घिमिरेले सर्वपक्षीय बैठकमा लोकतान्त्रिक र वाम पक्षधर व्यवासायीबीच कुरा नमिल्दा सहमति हुन नसकेको बताए । 'ताला खोल्ने विषय प्रशासनको क्षेत्राधिकार बाहिरको कुरा हो, उनले भने, 'मुढभेडको विषयमा प्रशासन मुछिनु राम्रो होइन।' क्षेत्राधिकार भन्दा बाहिरको यो विषय अदालतबाट टुंग्याउनुपर्ने उनले बताए । 

उद्योग वाणिज्य संघ निर्वाचन समितिले पनि तालाबन्दी नखुलेकै कारण विज्ञप्ति प्रकाशन गरेर मतदान स्थगित गरेको थियो । ताला खुल्नासाथ नयाँ निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने निर्वाचन समितिका सदस्य खगेन्द्र प्रसाद घिमिरेले बताए । 

यता धनकुटा उद्योगा वणिज्य संघका तत्कालीन् अध्यक्ष उमेश घिमिरेले ताला खोलेर नयाँ कार्यसमिति चयन गर्न व्यवसायी बीच सर्वपक्षीय छलफल चलिरहेको बताए । उनले ३÷४ दिन सहमति नभए व्यवसायीको रोहवरमा तालाबन्दी खोल्ने समेत बताए । 

वाणिज्य संघको घरमा सरकारी कार्यालयबारे सिडिओ नै बेखबर 

उद्योग वाणिज्य संघको भवनमा रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयद्वारा संचालित जिल्ला संयोजन तथा अनुगमन समिति धनकुटाको कार्यालय रहेको छ । उद्योग वाणिज्य संघमा लागेको तालाबन्दीले यो कार्यालयको कक्ष समेत बन्द छ । प्रजिअको अध्यक्षतामा सो कार्यालय रहेपनि प्रजिअ भने कार्यालयको विषयमा लिखित जानकारी समेत नभएको बताए । 'म धनकुटा आएको चार महिना भइसक्यो ।

युवा स्वरोजगारको बजेट, कर्मचारी र कार्यक्रम छैन, उनले भने, 'संघको भवनमा बोर्ड कसरी, किन राखिएको माथिल्लो निकायमा बुझौंला।' समृद्धि परियोजनाको कार्यालय पनि बन्द अवस्थामा छ । 

सो भवनको दोस्रो तलामा उद्योग वाणिज्य मन्त्रालय र विदेशी दातृ निकायको सहयोगको संयुक्त लगानीमा तथा साझेदारीमा रहेको समृद्धि परियोजनाको कार्यालय पनि रहेको छ । सो कार्यालय पनि तालाबन्दी लागेदेखि नै बन्द छ । कार्यालय बन्द रहेका कारण फिल्डमा काम गरिरहेका समृद्धि परियोजनाका धनकुटा संयोजक बलबहादुर पौडेलले बताए । 'अफिसियल काम गर्न डकुमेन्ट थुनिएको छ, उनले भने, 'कृषकलाई अनुदान दिने कार्यक्रम प्रभावित बनेको छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.