तराईमा शीतलहरको कहर : सप्तरीमा धमाधम स्कुल बन्द हुँदै

तराईमा शीतलहरको कहर : सप्तरीमा धमाधम स्कुल बन्द हुँदै

राजविराज : शीतलहरका कारण अत्यधिक चिसो बढेको भन्दै सप्तरीको विभिन्न स्थानीय तहले विद्यालय बन्द गरेका छन् । राजविराज नगरपालिकाले आइतबारदेखि मंगलबारसम्मका लागि तीनदिन सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ । राजविराज नगरपालिका अन्तर्गतका ४२ वटा विद्यालय तीन दिनसम्म बन्द गर्ने निर्णय भएको नगरप्रमुख शम्भुप्रसाद यादवले बताए । 

चिसो हावासँगै ठण्डी बढेकाले बालबालिका बिरामी पर्न सक्ने भन्दै तिलाठी कोइलाडी गाउँपालिकाले पनि चार दिनका लागि सामूदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहका अनुसार उक्त गाउँपालिकाका १७ वटा सामूदायिक विद्यालयहरू बन्द गरिएको छ ।

सप्तकोशी नगरपालिकाले बिहीबारदेखि पाँच दिनका लागि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेपछि सोमबारसम्मका लागि विद्यालयर बन्द छन् । सप्तकोशी नगरपालिकामा ७ वटा आधारभूत र ४ वटा माध्यमिक विद्यालय बन्द रहेको नगर प्रमुख उत्तम शर्माले बताए । 

चिसोका कारण विद्यालय आउने विद्यार्थीको संख्या पनि घटदै गएको शिक्षक बताउँछन् । सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित र विपन्न परिवारका भएकाले बाक्लो र पर्याप्त कपडा अभावमा विरामी पर्न सक्ने सम्भावना रहेकोले अभिभावकले विद्यालय पठाउन छाडेका छन् । 

बलान विहुल गाउँपालिकाले पनि आइतबारको मौसमको अवस्था मूल्याङ्कन गर्न केही बेरमा बैठक बस्न लागेको जनाएको छ । गाउँपालिका अध्यक्ष दयानन्द गोइतले आइतबार पनि मौसममा सुधार नआएकाले विदाका बारेमा प्रधानाध्यापकसँग सल्लाह भइरहेको र बैठकबाट निर्णय गरी सूचना गरिने बताए ।

दिनभरी बाक्लो हुस्सु लाग्ने र कठ्यांग्रिने जाडो बढेकाले त्यसको असरबाट बच्न जिल्लाको विभिन्न स्थानको सार्वजनिक स्थल र चोकमा स्थानीय तह, वन कार्यालय, प्रहरी र स्थानीयवासीले काठ, दाउरा थुपारी आगो बालेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.