दाइले बोकेको बन्दुक पड्किदा भाइ घाइते

दाइले बोकेको बन्दुक पड्किदा भाइ घाइते

बाजुरा : शिकार खेल्ने क्रममा बन्दुक पड्किदा एकजना घाइते भएका छन् । बुढिनन्दा नगरपालिका ८ बस्ने ३० वर्षीय सुरेन्द्र गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डीएसपी उद्धबसिंह भाटले जानकारी दिए।

सोमबार साँझ बुढिनन्दा नगरपालिका ८ र ९ पाण्डुसेनको बीचमा रहेको सिल्के लेखको जंगलमा शिकार खेल्न गएको समयमा दाइ नरेन्द्र गिरीले बोकेको भरुवा बन्दुक पट्किदा उनका भाइ सुरेन्द्र गिरी घाइते भएको प्रहरीले जनाएको छ ।

नरेन्द्र गिरी हिउँमा चिप्लिएर बन्दुक पट‍्केको प्रहरीको प्रराम्भिक अनुसन्धानबाट खुलेको छ । घाइते सुरेन्द्र गिरीलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइएको छ। गोली शरीरभित्रै रहेकाले अछामको बयलगडा अस्पतालमा रिफर गरेको प्रहरी प्रमुख भाटले बताए।

नरेन्द्र गिरीलाई प्रक्राउ गरि उनले जंगलमा लुकाइ राखेको एकनाल भरुवा बन्दुक समेत बरामत गरेर छानबिन सुरु गरेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

हिमाली भेगमा हिमपातको समयमा चोरी शिकारी हुने गरेको छ । हिमपात भएपछि तल्लो भेगमा वन्यजन्तु झरेसँगै शिकारी सक्रिय हुने गरेका छन्। चोरी शिकारी हुने गुनासो आएपछि प्रहरीले हिमाली क्षेत्रमा गस्ती बढाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले बडिमालिका, बुढिनन्दा, दहकोट, मनाकोट र हिमाली गाउँपालिका र हिमाली क्षेत्रमा प्रहरी गस्ती बढाएको छ । वन्यजन्तुको सम्भावित बासस्थान र चोरी शिकारी हुने क्षेत्रमा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी प्रमुख डीएसपी उद्धबसिंह भाटले बताए ।

चोरी शिकारी हुनसक्ने सम्भावना र अर्को जोखिममा परेको वन्यजन्तुको उद्धारका लागि प्रहरीको गस्ती बढाएको उनले बताए । लेकाली क्षेत्रमा हिमपात भएसँगै चिसो बढेपछि जंगली जनावर र पंक्षीको चोरी शिकार तीव्ररुपमा हुन थालेको छ । हिउँमा फसेका मृगलगायत जनावर  चिसोले औलतिर झरेपछि शिकार गर्न सजिलो हुने भएकाले हिमपात पछि हिमाली क्षेत्रका बासिन्दा हुल बाँधेर शिकार खेल्न जाने गर्दछन्।

धेरैजसो स्थानीय बन्दुक, भाला, हंसिया, लाठीलगायत घरेलु हतियार र शिकारी कुकुरसहित लिएर रतुवा, घोरल, झारल, थारल, ब‍ँदेल, डांफे, कालिजलगायतको शिकार गर्ने गरेका छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पंक्षी तथा वन्यजन्तुको शिकार गर्नेलाई ५ वर्षदेखि १५ वर्षसम्म कैद र नगद ५० हजारदेखि १ लाखसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.