क्यानबेरामा ‘नेपाली खेलकुद सम्मेलन’
अष्ट्रेलिया : अष्ट्रेलियाको राजधानी क्यानबेरामा पाँचौ ओसियाना नेपाली खेलकुद सम्मेलन हुने भएको छ। अष्ट्रेलिया-नेपाल फ्रेण्डसिप सोसाइटीको संयोजनमा चैत २८ देखि वैशाख १ गते (अप्रिल १०-१३) सम्म सम्मेलन हुने भएको हो।
नेपाली समुदायलाई एकआपसमा जोड्न र आपसी सद्भाव बढाउने उदेश्यले अष्ट्रेलियामा खेलकुद सम्मेलन हुँदै आएको छ। यसअघि अष्ट्रेलियाको विभिन्न शहरमा आयोजना गरिएको सम्मलेन यसपटक क्यानबेरामा गर्न लागिएको हो।
क्यानबेरामा सम्मेलन हुने भएपछि नेपाली समुदाय उत्साहित देखिएका छन्। सम्मेलनलाई सफल बनाउन सोसाइटीले गैरआवासिय नेपाली संघ (एनआरएनए), क्यानबेरा नेपाली फुटवल क्लब, क्यानबेरा नेपाली क्रिकेट क्लब, क्यानबेरा नेपाली भलिबल क्लबसहित विभिन्न संघ, संस्थासंग सहकार्य थालेको छ।
चार दिने सम्मेलनमा फुटवल, क्रिकेट, बास्केटबल, भलिबल, दौड, ब्याटमिन्टन, टेबल टेनिस, लंग टेनिस, गल्फ खेल हुनेछन्। सम्मेलनमा अष्टे«लियाको आठ राज्य र न्युजिल्याण्डमा बसोबास गर्ने नेपाली भाषी खेलाडीको सहभागिता रहने संयोजक कँडेलले बताए।
प्रतिभावान युवा खेलाडीलाई उजागर गर्नुका साथै स्वास्थ्य रहन, नेपाली समुदाय र संगठनबीच सद्भाव बढाउन, व्यवसायिक साझेदारी वृद्धि गर्न, आत्मविश्वास बढाउन, खेलकुद क्षेत्रको प्रवद्र्धन गर्नलगायत विभिन्न उदेश्यका साथ सम्मेलन गर्न लागिएको कँडेलले बताए। अष्ट्रेलियासहित न्युजिल्याण्ड, पपुवा न्युगिनि, फिजीलगायत विभिन्न देशका खेलाडी र संघसंस्थालाई सम्मेलनमा सहभागिता र सहकार्यका लागि आवहान गरिएको संयोजक कँडेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !