खाँणको चेतावनी : बुटवलबाट राजधानी सार्ने कुचेष्टा नहोस्

खाँणको चेतावनी : बुटवलबाट राजधानी सार्ने कुचेष्टा नहोस्

बुटवल : नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश नम्बर ५ को राजधानी बुटवलबाट सार्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन्। बुटवलमा शुरु भएको औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै उनले राजधानी सार्नका लागि भित्रभित्रै चलखेल भइरहेको भन्दै बुटवलबाहिर लगे जनआक्रोश थेग्न मुश्किल हुने चेतावनी दिएका हुन्।

‘राजधानी सार्ने चलेखेल भइरहेका छन्’ खाँणले भने,‘त्यस्ता प्रयासहरु नगरी बुटवललाई नै राजधानी निर्धारण गर्नका लागि प्रदेशसभालाई आग्रह गर्छु।’ उनले प्रदेशका अस्थायी राजधानी सुझबुझका साथ निर्धारण गरिएको भन्दै त्यसलाई सार्न जरुरी नभएको बताए।

राजधानी बनाउनका लागि मध्यस्थान चाहिने भन्ने कुतर्क गर्न आवश्यक नरहेको भन्दै पूर्वाधार र सहज स्थानमा बनाउनुपर्ने उनले बताए। विदेशी राष्ट्र तथा नेपालमै पनि राजधानी बनेको शहरहरु केन्द्र भागमा नरहेको उनको तर्क छ। ‘सुदुरपश्चिम, कर्णालीका राजधानीहरु केन्द्र भागमा छैनन्, प्रदेश ५ को मात्रै केन्द्रमा चाहिने कारण के हो? उनले प्रश्न गरे।

सामाजिक, राजनीतिक, साँस्कृतिक हिसाबले बुटवलनै उत्तम स्थान भएको भन्दै प्रदेशसभाले छिटो टुंग्याउन जरुरी रहेको उनले बताए। ‘बुटवल राजधानी तोकिएकोमा कतिपयलाई चित्त बुझेको छैन, तर यातायात, पूर्वाधारको सुगम केन्द्र नै रुपन्देही, भैरहवा हो’ उनले भने। पहाडी जिल्लाको सुगमता, भारतीय नाका क्षेत्र, अन्र्तराष्ट्रिय पहुँचमार्ग भएकाले बुटवल उत्तम रहेको उनको भनाई छ।

फरक प्रसंगमा उनले पछिल्लो दुई वर्षयता विदेशी लगानीकर्ताको आकर्षण कम भएको जिकिर गरे। वर्तमान सरकारतर्फ लक्षित गर्दै उनले ढुक्कका साथ लगानी गर्ने वातावरण नभएको बताए। ‘उद्योगको सुरक्षा छैन्, व्यक्ति नै असुरक्षित छन्, यस्तो अवस्थामा लगानी बढ्न सक्दैन, यसलाई सुधार गर्नुपर्छ’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.