पीपीएलको फाइनल आज : चितवन राइनोज र विराटनगर टाइटन्स भिड्दै

पीपीएलको फाइनल आज : चितवन राइनोज र विराटनगर टाइटन्स भिड्दै

पोखरा : पोखरा प्रिमियर लिग (पीपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको फाइनल खेल शनिबार पोखरा क्रिकेट मैदानमा हुँदैछ। उपाधिका लागि अपराजित चितवन राइनोज र लयमा फर्किएको विराटनगर टाइटन्ससँग भिड्दै छन्। पहिलो संस्करणको उपविजेता चितवन यस पटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ।

लिग चरणको खेलमा तालिकाको तेस्रो स्थानमा रहेको विराटनगरले एलिमिनेटर भिडन्तमा बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। बुटवल भने लिग चरणमा दोस्रो हुँदै प्ले अफ चरणमा पुगेको थियो। विराटनगरका युवा खेलाडी लयमा फर्केका छन्। प्रदीप ऐरीको कप्तानीमा रहेको विराटनगरले एकपछि खर्को खेलमा सुधारिएको प्रदर्शन गर्दै आएको छ।

पारस खड्काको कप्तानीमा रहेको चितवन भने लिग चरणमा पाँचवटै खेल जित्दै सोझै फाइनलमा पुगेको थियो। त्यसैले फाइनलमा पनि त्यस्तै प्रदर्शनलाई निरन्तरता दिनु चितवनको मुख्य लक्ष्य हुनेछ। पहिलो संस्करणको फाइनलमा चितवनलाई पोखरा पल्टनले हराएको थियो। चितवनका ब्याट्सम्यानले जारी प्रतियोगितामा राम्रो स्कोर बनाएका छन्। चितवनका तीन विदेशी खेलाडीले निकै राम्रो प्रदर्शन गरिरहेका छन्।

फाइनलमा पुगेका दुई टोलीका कप्तानसँग शुक्रबार भएको पत्रकार सम्मेलनमा चितवनका कप्तान पारसले अपराजित यात्रालाई जारी नै राख्ने गरी मैदानमा उत्रने बताए। ‘अघिल्ला पाँच खेलमा राम्रो नतिजा आएको छ। त्यसैलाई निरन्तरता दिने गरी मैदानमा उत्रने छौं। सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्’, उनले भने। विराटनगरले पछिल्ला खेलमा राम्रो प्रदर्शन गरेकोले फाइनल रोमाञ्चक हुने विश्वास उनले व्यक्त गरे।

विराटनगरका कप्तान प्रदीपले चितवन राम्रो टोली भएकाले त्यसैअनुसार आफू मैदानमा उत्रने बताए। ‘हामीले पनि अघिल्ला खेलमा राम्रो प्रदर्शन गरेर फाइनलमा स्थान बनाएका हौं। फाइनलमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्नेछौं’, उनले भने, ‘खेलको रणनीति भने मैदानमा खेलको अवस्था हेरेर तय गर्नेछौं। फाइनल खेलमा जस्ले कम गल्ती गर्छ त्यसैले जित्छ।’ विराटनगरमा विदेशी खेलाडी भारतका पुनित मेहरा, पाकिस्तानका मुहम्मद जैद आलम र अफगानिस्तानका नोमन खान रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.