नेपाल मेडिकल हब बन्न सक्छ : मन्त्री ढकाल

नेपाल मेडिकल हब बन्न सक्छ : मन्त्री ढकाल

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले केही विधामा सुधार गर्न सके नेपाल ‘मेडिकल हब’ बन्न सक्ने बताएका छन्। ‘सेकेन्ड मेडिकल टुरिजम एसिया समिट’ मा पुगेका ढकालले यस्तो अभिव्यक्ति दिएका हुन्। शुक्रबारदेखि सुरु भएको सम्मेलन शनिबार समापन हुँदैछ।

‘जसरी आँखा र दाँतको उपचारमा नेपालले सफलता हासिल गरेको छ त्यसरी नै अन्य विधामा सुधार गर्न आवश्यक छ’, मन्त्री ढकालले भने, ‘केही सुधार गर्न सके नेपाल अन्तर्राष्ट्रिय स्तरको मेडिकल हब बन्न सक्छ।’

चिकित्सा क्षेत्रमा देखिएका अप्ठ्यारा परिस्थितिको समाधानका लागि नेपाल सरकार सधँ तत्पर रहेको समेत बताए। कतिपय नियम, कानुनलाई संशोधन गर्दै लान सकिने तथा छुटेका विषयलाई नयाँ व्यवस्था अनुसार समावेश गर्न सकिने आश्वासन दिए।

उनले नेपालका सरकारी र निजी स्वास्थ्य संस्थामा विभेद देखिएको बताए। उतm विभेदलाई सन्तुलनमा ल्याउन डाक्टर र नर्सलाई दिइने  सेवासुविधा ध्यान दिनुपर्ने सुझाए। ‘यसो गर्दा सेवाग्राही नै लाभदायी हुनेछन्’, उनले भने।
 
त्यस्तै नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोले प्रतिस्पर्धाको जमाना भएकाले चिकित्सा क्षेत्रमा लागेका एकआपसमा मिलेर जानुपर्ने समय आएको बताए। महतोले भने, ‘सही रुपमा मिलेर जाने हो भने नेपाल उपचारका लागी हब बन्ने छ।’  

नेपाललाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य केन्द्र बनाउनका लागि आफू सदैव तत्पर रहेको पनि बताए। 

उक्त कार्यक्रममा नेपाल, भारत र चीनका चिकित्सा क्षेत्रमा लागेकाको धेरै उपस्थित थिए। आयोजकका अनुसार नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा मेडिकल हबको रुपमा कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.