मानसिक रोगीको बिजोग

मानसिक रोगीको बिजोग

इलाम : चिसो बढ्दै गएपछि मानसिक रोगीको बिजोग हुन थालेको छ। इलामको माईजोगमाई गाउँपालिका–६ थुम्के डाँडाका सन्तोष कठेत र सूर्योदय नगरपालिका–११ की उषा आचार्यको मानसिक सन्तुलन गुमेको छ। उपचार गर्न आर्थिक समस्या हुँदा सन्तोषको परिवार पिरोलिएको छ। उषाका परिवारलाई छोरी बेपत्ताको पीडासमेत थपिएको छ।

केही महिनादेखि मानसिक सन्तुलन गुमेपछि ३४ वर्षे अविवाहित सन्तोषलाई खोरमा राखिएको छ। उषालाई केही समय निगरानीमा राखे पनि उम्किएपछि फेला नपरेको आफन्तले जनाएका छन्। आफन्त चन्द्रकान्त आचार्यले भने, ‘झापाको बुधबारेतिर देखेको खबर आएको छ तर फेला पार्न सकिएको छैन।’

कठेतलाई न्युरो अस्पताल विराटनगर, भारतको राँचीलगायत स्थानमा उपचारमा लगेर आफन्तले ५ लाख रुपैयाँभन्दा बढी खर्च गरे। कपडा नलगाउने, मानिसलाई देख्नासाथ ढुंगाले हिर्काउने, जथाभावी हिँड्नेजस्ता क्रियाकलाप गर्न थालेपछि बाध्य भएर खोरमा राख्नुपरेको उनका भाइ मनकुमारले बताए। अहिले थुम्केको चिसो ठाउँमा गोठमा थुनिएका सन्तोषको उपचारका लागि परिवारले सबैसँग आग्रह गरेको छ।

अपांगता भएकाहरूको क्षेत्रमा काम गर्दै आएको संस्था करुणा फाउन्डेसन इलामका कार्यक्रम निर्देशक अजित योञ्जनले सन्तोषको उपचारमा पहल भइरहेको जानकारी दिए। योञ्जनले गाउँपालिकाबाट अपांगता भएकाहरूलाई दिइने रातो परिचय पत्र सन्तोषलाई उपलब्ध गराउन पहल भइरहेको जानकारी दिए। गाउँपालिकाबाट उक्त परिचय पत्र पाएपछि सन्तोषले मासिक ३ हजार रुपियाँ भत्ता पाउनेछन्।

पाँच वर्षदेखि मानसिक रोग झेलिरहेकी सूर्योदय नगरपालिका–११ केराबारीकी ३० वर्षीया उषा आचार्यको उपचारका लागि खासै पहल भएको छैन। यसअघि सूर्योदय महिला मञ्चको पहलमा डेढ वर्ष लामो उपचारपछि परिवारका साथमा फर्केकी उनको अवस्था पुनः बिग्रिएपछि उनी बेवारिसे बनेकी हुन्। उषाका    श्रीमान् भरत आचार्यले आर्थिक अभावका कारण उपचार गर्न नसकेको बताए। यसअघि आचार्यलाई काठमाडांैको बौद्धमा रहेको अमृता फाउन्डेसनमा १७ महिना उपचार गराइएको थियो। आचार्यका सात र दुई वर्षकी दुई छोरी छन्। सानी छोरी अरूकै आ   श्रयमा रहेको परिवारले जनाएको छ। उनको उपचारमा २ लाख २५ हजार रुपैयाँ खर्च भएको मञ्चकी कोषाध्यक्ष हेममाया प्रधानले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.