रबीना टंडन, फराह खान र भारती सिंहविरुद्ध मुद्धा
एजेन्सीः बलिउड अभिनेत्री रबीना टंडन, निर्देशक तथा कोरियोग्राफर फराह खान र हाँस्य कलाकार भारती सिंहविरुद्धमा मुद्धा दर्ता भएको छ । टेलिभिजन कार्यक्रममा इसाई समुदायको धार्मिक भावनामा चोट पुर्याएको आरोपमा पन्जाब प्रहरीमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।
शनिबार फिरोजपुर क्यान्टोनमेन्टमा यो मुद्धा दर्ता गरिएको हो । यो भन्दा पहिले यो मुद्धा अमृतसर जिल्लाको सहरमा दर्ता गरिएको थियो। रबीना टंडनले कसैलाई दुःख पुर्याएकोमा माफी मागेपछि पनि पन्जाबको कतिपय ठाउँमा अझै पनि शान्तिपूर्ण प्रदर्शन भइरहेको छ ।
उनले आफ्नो ट्वीटरमार्फत आफूले धर्मको अपमान गर्दै कुनै एक शब्द पनि नबोलेको पुष्टि गरेकी छिन् । 'हामी तीनजनाले (फराह खान, भारती सिंह र म) कसैको अपमान गर्ने अभिप्रायले केही गरेका छैनौं । तर यदि हामीले यो गर्यौं र यदि चोट पुगेको छ भने हुदयदेखि माफी माग्न चाहन्छु। '
पन्जाब अजनाला सहर इसाई फ्रन्टका निवासी तथा फ्रन्टका अध्यक्ष सोनू जफरले तीनजना विरुद्धमा मुद्धा दर्ता गरेका थिए । बलिउडका ती स्टारहरुले 'हालेलुया' भन्ने शब्द उच्चारण गर्दै यसको खिल्ली उडाएका थिए । जस कारण इसाई धर्ममा चोट पुगेको छ ।
'हालेलुया' एक हिब्र शब्द हो । जुन इसाई धर्ममा परमेश्वरको लागि प्रयोग गरिन्छ।
प्रतिक्रिया दिनुहोस !