मेसिनमा परेर मलेसियामा नेपाली कामदारको मृत्यु

मेसिनमा परेर मलेसियामा नेपाली कामदारको मृत्यु

क्‍वालालम्पुर: सोमबार मलेसियाको मलाक्का राज्यमा एक नेपाली कामदारको मृत्यु भएको छ।मासु पेल्ने मेसिनमा खसेर उनको ज्यान गएको हो ।

'द मलाक्का फायर डिर्पाटमेन्ट'का जुलखैरनी राम्लीका अनुसार ४७ वर्षीय नेपाली कामदार मासु प्रशोधन उद्योग मस्जिद तनाहका कामदार थिए। मृतक नेपाली भएको खुले पनि नाम र नेपालको ठेगाना भने अझै खुल्न सकेको छैन।

तीन कामदार सहित मेसिन मर्मत गर्ने क्रममा अकस्मात मेसिन खुलेपछि उनी तानिएको बताइएको छ।कम्मर पेलिएको कारण उनको घटनास्थलमै मृत्यु भएको हो। जुलखैरनीका अनुसार उनलाई मेसिनबाट निकाल्न करिब ३० मिनेट लागेको थियो।

मलेसिया रोजगारमा करिब ३ लाख ६० हजार नेपाली कामदार रहेका छन्। नेपाली कामदारहरू सुरक्षा गार्ड, निर्माण कार्य तथा अस्पताल लगायतमा कार्यरत छन्। नेपाली दूतावासकाअनुसार सन् २०१८ मा मलेसियामा विभिन्न कारणले ३ सय २२ जना नेपाली कामदारको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.