सामाजिक सञ्जालबाट दलाल सक्रिय

सामाजिक सञ्जालबाट दलाल सक्रिय

 काठमाडौं : नुवाकोटकी १५ वर्षीया रीता (नाम परिवर्तन) बालाजुमा अरूको घरमा भाँडा माझ्ने काम गर्थिन् । भारतको चप्पल कारखानामा काम लगाइदिने भनेर काकाकाकीले लिएर गए । रीतालाई गाडी चढ्दा बान्ता हुने भएकाले काकाले औषधि दिए । त्यो खाएपछि उनले आफूलाई मुम्बईको कोठीमा पु¥याएको मात्र थाहा पाइन् ।

उनलाई नेपाली भाषा राम्ररी बोल्न पनि आउँदैनथ्यो । कोठीमा उनी न अरूको कुरा बुझ्थिन् न त आफ्ना बुझाउन सक्थिन् । कोठीमा आउने नेपालीसँग बोल्न जानिनन् । उनले कोठीकै अरू साथीसँग नेपाली सिकिन्, सहयोग माग्न सक्ने भइन् । उमेर सानै भएकाले त्यहाँ युवती बनाउन हर्माेनको सुई लगाइदिए । उनले फरक–फरक कोठीमा सात वर्ष बिताइन् । उनलाई कोठीसम्म पु¥याउने काकाकाकी पुर्पक्षका लागि थुनामा छन् ।

नुवाकोटकै बनिता (नाम परिवर्तन)ले फेसबुकमा एक अपरिचित युवकसँग कुरा गर्न थालिन् । उही युवकसँग विवाह गर्न मन लाग्यो । एकदिन दुवैले भेट्ने योजना बनाए । प्रत्यक्ष देखादेखपछि केटाले विवाह गर्ने प्रस्ताव राखे । बनिताले भागेर विवाह गरिन् । केटाले आफ्नो घर झापा लैजाने भनेर उनलाई कोठीमा पु¥याए ।

यी दुवै युवती माइती नेपालको आ श्रयमा छन् । उनीहरू स्यानिटरी प्याड बनाउने तालिम लिइरहेका छन् । मानव बेचबिखन तथा ओसारपसारका घटनाले नयाँ रूप लिन थालेको माइती नेपालले जनाएको छ । संस्थाले मंगलबार गरेको पत्रकार सम्मेलनमा भारतका विभिन्न कोठीमा यौनशोषणका लागि नेपाली किशोरीको बेचबिखन हुने गरेकोमा घर तथा अपार्टमेन्ट भाडामा लिई यौन व्यवसाय गर्ने प्रवृत्ति देखापरेको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताए ।

उनका अनुसार सामाजिक सञ्जाल दुरुपयोग गरी दलालले सम्पर्क संयन्त्रलाई सहज बनाएका छन् । नेपाल पनि मानब बेचबिखनको ट्रान्जिट बनेको उनले बताए । संस्थाले सन् २०१९ भरिमा नेपाल–भारत सिमानाबाट २ हजार ४ सय ८५ जनालाई उद्धार गरेको छ । बेचबिखनमा परी श्रम तथा यौनशोषणमा रहेका ३ सय २२ जनालाई भारतबाट, १६ जनालाई खाडीबाट, आन्तरिक बेचबिखनबाट ४४ जनालाई उद्धार गरिएको उनले बताए ।

खोजतलास तथा उद्धारका लागि १ हजार ८ सय ६७ निवेदन परेका थिए । त्यसमध्ये ४ सय ३५ जनालाई संस्थाले फेला पारेको छ । ४८ वटा मानव बेचबिखन र १ सय ३६ वटा जबरजस्ती करणीका मुद्दामा पीडित÷ प्रभावितलाई कानुनी सेवा संरक्षण प्रदान गरिएको छ । जसमध्ये १ सय २० वटा मुद्दा दर्ता गरिएको संस्थाले जनाएको छ । ३ सय ३३ वटा घरेलु हिंसाका मुद्दामा १ सय २० वटा छलफलका माध्यमले समाधान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.