घरपायकको विद्यालयमा पढ्न सरकारको अनुरोध

घरपायकको विद्यालयमा पढ्न सरकारको अनुरोध

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीलाई सकेसम्म घरपायकका विद्यालयमै पढ्न अनुरोध गरेको छ । मन्त्रालयले हालै जारी गरेको शिक्षा नीतिमा यस्तो अनुरोध गरेको हो ।

राम्रो विद्यालयको नाममा घण्टौ समय लगाएर टाढा टाढाका विद्यालयमा विद्यार्थी पढ्न पठाउँदा उनीहरुमा मानसिक असर पर्नेदेखि समयसमेत बर्बाद हुने भएकोले घर नजिकको विद्यालयमै पढ्न उचित हुने मन्त्रालयले जनाएको छ । 
पछिल्लो समय विद्यार्थीलाई टाढाको स्कुलमा पढ्न पठाउँदा सडक जाम हुने समस्या पनि बढेको छ । सडक जाम बढेकै कारण सरकारले उपत्यका भित्रका विद्यालयमा नौ बजेभित्र नै विद्यार्थी लगिसक्नुपर्ने नियम बनाएको छ । 

शिक्षा नीतिमा विद्यालयको नक्साङ्कन गर्ने विषय पनि समेटिएको छ । यो व्यवस्था कार्यान्वयनमा आएमा अहिलेजस्तो मनपरी रुपमा विद्यालय खोल्ने व्यवस्थाको पनि अन्त्य हुनेछ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.