भ्रमण वर्ष : चोकमा दीप प्रज्वलन, सीमामा पर्यटकलाई स्वागत

भ्रमण वर्ष : चोकमा दीप प्रज्वलन, सीमामा पर्यटकलाई स्वागत

बर्दिबास : नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत गर्न महोत्तरीको बर्दिबासमा साँझ दीप प्रज्वलन गरिएको छ। बुधबार बिहान प्रभातफेरि निकालिएको थियो भने होटलमा आएका पाहुनालाई फूलमाला लगाएर भव्य स्वागत गरियो।

साँझ भ्रमण वर्षको खुशीयालीमा बर्दिबास चोकमा मैनबत्ती प्रज्वलन गरे दिपावली मनाइएको होटल तथा पर्यटन व्यवसायी प्रदेश २ का अध्यक्ष हिरा गौतमले बताए। साँझ होटलमा आएका पर्यटकहरु बर्दिबास सेवा समितिको हलमा मैथिली लोक नाच झिझियाँ नाचसहितको साँस्कृतिक कार्यक्रममा पर्यटकहरु रमाइरहेका छन्। 

नेपाल भ्रमण आएका भारतीय अतिथिलाई महोत्तरी प्रवेशको नेपाल-भारत सीमाक्षेत्र स्वागत गरिएको भ्रमण वर्ष २०२० का महोत्तरी समन्वय समितिका संयोजक दिपेन्द्र पराजुलीले बताए। भ्रमण वर्ष–२०२० प्रारम्भ भएको अवसरमा महोत्तरीको भारतीय सीमावर्ती नाका मटिहानी र भिठ्ठामोरमै  भारतीय अतिथिलाई स्वागत गरिएको प्रचारप्रसार उपसमितिका संयोजक विनोद भण्डारीले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.