सुदूरपश्चिमबाट राष्ट्रियसभामा नेकपाका दुई उम्मेदवार
धनगढी : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट दुईजना उम्मेदवारको टुंगो लगाएको छ । अछामका तारामान स्वाँर र कैलालीकी शारदा भट्टको राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारीका लागि टुङगो लगाएको हो । स्वाँर नेकपाका केन्द्रीय सदस्य तथा अछाम जिल्लाका इन्चार्ज हुन् ।उनी साविकको नेकपा माओवादीका नेता हुन्। स्वाँर प्रचण्डका पुराना सहयात्री पनि हुन् ।
यस्तै कैलालीकी शारदा भट्ट एक सक्रिय महिला नेत्री हुन् । उनी साविकको नेकपा एमालेकी नेत्री हु्न्।उनी केपी शर्मा ओली गुटको भएको पार्टी स्रोतले जनाएको छ।