भत्ताबाट सार्वजनिक शौचालय निर्माण

भत्ताबाट सार्वजनिक शौचालय निर्माण

मुगु : छाँयानाथ–रारा नगरपालिका—४ का वडाध्यक्ष विष्णुकुमार भामले आफ्नो भत्ताबाट सार्वजनिक शौचालय निर्माण गरेका छन्। विभिन्न सरकारी तथा गैर सरकारी संस्थाको गोष्ठिमा सहभागी हुदाँ आफूले पाएको भत्ता सार्वजनिक शौचालय निर्माणमा लगानी गरेको उनले बताए।

आर्थिक वर्ष २०७६÷०७७ को साउनदेखि मंसिर महिनासम्मको भत्ता उनले वडा नम्बर २ को चैनाभीरमा सार्वजनिक शौचालयमा लगानी गरेका हुन्। ‘विभिन्न निकायबाट बुझेको २५ हजार पाँच सय रुपैयाँ भत्ता शौचालय निर्माणमा खर्च गरेँ,’ उनले भने, ‘नगरपालिकाको १४ वटै वडामा सार्वजनिक शौचालय छैनन्, त्यसका लागि मैले व्यक्तिगत रूपमा पहल गरेपछि स्थानीय सरकार पनि काम गर्न बाध्य हुनेछ।’

गतवर्ष खाद्य संस्थान परीसरभित्र नगरपालिकाले बनाएको शौचालय प्रयोगविहिन बनेको छ। तर शौचालय बनाउनुपर्ने ठाउँमा अझै बन्न सकेका छैनन्। आफ्नो भत्ताबाट वडाध्यक्षले सार्वजनिक शौचालय बनाएपछि सर्वसाधारणलाई सौच गर्न सहज हुने भएको छ। जनताको करबाट भत्ता खानुभन्दा उक्त रकम जनताकै सेवाका लागि खर्च गर्नु उपयुक्त हुने वडाध्यक्ष भामले बताए।

सदरमुकाम गमगढी आवतजावत गर्ने सर्वसाधरणले खुला सौच गरेका कारण दुर्गन्धित भएको थियो। तर भत्ताको लगानीमा वडाध्यक्षले शौचालय बनाएपछि अब बजारमा आउने यात्रुलाई सहज हुने स्थानीय भीमचन्द्र हमालले बताए। वडाध्यक्ष भामले यसअघि आफूले पाँच वर्षसम्म पाउने सरकारी सुविधाबाट दलित तथा विपन्न समुदायलाई सहयोग गर्ने घोषणा गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.