पहिरोले डोजर पुर्दा चालक बेपत्ता
बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका ७ हिलापोखरीको रानीवनमा डोजर (एक्साभेटर) पुरिदा चालक वेपत्ता भएका छन् । हिलापोखरीदेखि सोलवाङ जोड्ने सडक खन्ने क्रममा सोमबार बिहान बाघराज बिल्डर्सको एक्साभेटर पुरिएको हो ।
सडक माथिबाट खसेको पहिरोले पुरिएर चालक धवलागिरी गाउँपालिका ४ खिवाङका अन्दाजी ४० वर्षका शेरबहादुर पुन वेपत्ता भएको घटनास्थल पुगेका हिलापोखरीस्थित जगन्नाथ आधारभूत विद्यालयका शिक्षक भेषनाथ गौतमले बताए ।
पहिरो पन्छाएर वेपत्ता पुनको खोजिको तयारी भएको वडा अध्यक्ष कलानिधी शर्माले बताए । स्थानीयबासी र ताकम प्रहरी चौकीको टोली पुनको खोजिमा जुटेका छन्।

प्रतिक्रिया दिनुहोस !