जलवायु परिवर्तन असर : नेपाल र भुटानले समान धारणा बनाउने

जलवायु परिवर्तन असर : नेपाल र भुटानले समान धारणा बनाउने

यूएई : नेपाल र भुटानबीच जलवायु परिवर्तनको असरका कारण ऊर्जा क्षेत्रमा परिरहेको र भविष्यमा पर्न सक्ने असरबारे अन्तर्राष्ट्रिय मञ्चमा समान धारणासहित प्रस्तुत हुने सहमति भएको छ। शुक्रबार अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघको वार्षिक सम्मेलनमा सहभागी हुन यूएई आएका ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन र भुटानका अर्थमन्त्री ल्योन्पो लोकनाथ शर्माबीच भएको साइडलाइन भेटवार्तामा समान समस्याको समाधान मिलेर गर्ने समझदारी भएको हो।

भेटमा मन्त्री पुनले भौगोलिक र जलवायुका हिसाबले नेपाल र भुटानबीच धेरै समानता रहेको चर्चा गर्दै जलवायु परिवर्तका कारण उस्तै समस्या भोगिरहेको बताए। मन्त्री पुनले नवीकरणीय ऊर्जा र जलविद्युत क्षेत्रका चुनौती समाधानका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा एकै आवाज र भावना मुखरित गर्न सके हिमाली देशहरुले भोग्दै आएका जलवायु परिवर्तनका समस्याबारे विश्व समुदायको ध्यानाकर्षण गराउन सकिने उल्लेख गरे।

जवाफमा भुटानी अर्थमन्त्री शर्माले नेपाल र भुटानको अन्तर्राष्ट्रिय मञ्चमा एउटै आवाज हुने विश्वास दिलाए। नेपाल र भुटान दुबैले जलविद्युतमा धेरै लगानी गरिसकेको भन्दै उनले वातावरणीय दुस्प्रभावको असरबाट बच्न सहकार्य हुने प्रतिवद्धता जनाए। मन्त्री शर्माले नेपाल र भुटानले ठूलो परिमाणमा विद्युत उत्पादन गर्न सके भारत र बंगलादेशमा बजारको प्रचुर सम्भावना रहेको औल्याए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.