भिजिट मधेस २०२० को लागि २२ जिल्लामा अभियान
वीरगन्ज : मधेसमा घोषणा गरिएको भिजिट मधेस नेपाल २०२० सफल पार्न बुधबारदेखि अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।
तराइ मधेसका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा २ वर्षदेखि सक्रिय भिजिट मधेस नेपाल अभियानले वीरगन्जमा बिहिबार अन्तरक्रिया सुरु गरेको हो । यस अभियानको उद्देश्य भिजिट नेपाल २०२० लाई सफल पार्नु रहेको बताइएको छ । भिजिट मधेस नेपाल अभियानमा प्रदेश २ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको सहकार्य छ ।
काठमाडौंमा गत मङगलबार एक कार्यक्रम गरी भिजिट मधेस नेपाल अभियान २०२० घोषणा गरिएको थियो । भिजिट मधेस अभियानलाई सफल पार्न तराइ मधेसका २२ जिल्लाका सदरमुकाममा सरोकारवाला बीच अन्तरक्रिया थालिएको अभियानका राष्ट्रिय संयोजक ओम प्रकाश सर्राफले बताए ।
तराइ मधेसका संस्कृति, भेषभुषा, रहन सहनको प्रचार प्रसार गर्न सकिए त्यसले पनि पर्यटकलाई तराइ मधेसमा भित्र्याएर यहाँको पर्यटन विकास गर्न सकिने बताए । भिजिट मधेसको क्रममा सांस्कृतिक, धार्मिक, पर्यटकीय स्थानको प्रचार गर्नुपर्ने अन्तरक्रियाका अधिकांश वक्ताले जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस !