ठूलालाई समात्ने डरले मदिरा बेच्न बालबालिका प्रयोग

ठूलालाई समात्ने डरले मदिरा बेच्न बालबालिका प्रयोग

डोल्पा : प्रहरी प्रशासनले स्थानीय मदिरा उत्पादन र बिक्रि बितरण गर्न प्रतिबन्ध गरेपछि बालबालिकाहरु प्रयोग गरेर बेच्ने गरेको पाइएको छ। बालबालिकालाई प्रहरीले त्यति ध्यान नदिने भएकाले उनीहरुलाई प्रयोग गरेर मदिरा बेच्न थालिएको हो।

ठुलिभेरी नगरपालिका-९ मा पर्ने डाँगीबाडा एक बालिका लोकल मदिराको ग्यालिन बोकेर नजिकैको जुफाल बजारको होटेल होटेल गरि रहेकी थिइन। आमा बुबाले उवा, जौँ, चामलगायतका अन्नबालीबाट तयार पारेको मदिरा बिक्रि गर्नका लागि बिहानै जुफाल बजार पुगेकी हुन्। आफनो पढाइ खर्चको जोहो गर्न घरमा बनाइएको मदिर बेच्न आएको बालिकाले सुनाएको केड कार्यक्रमका कर्मचारी लिला टमाटाले बताए। मदिराप्रतिको नकारात्मक धारणालाई पैसाको प्रलोभनमा सकारात्मक धारणा बसाल्न प्रेरित गर्ने डर उत्तिकै रहेको पाइन्छ।

जिल्लाका धेरै जसो गाउँमा अभिभावकहरुनै आफ्ना बालबालिकालाई मदिरा बिक्रि गर्न पठाउने गरेको छन्। जुफाल बजारमा मात्रै नभएर जिल्लाका मुख्य बजार दुनै, त्रिपुराकोट, खदाङ, लिकुलगायतका अन्य बजारहरुमा स्कुले बालबालिकाहरु मदिराका ग्यालिन बोकेर बिक्रि गर्दै हिँडेको भेटिन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.