मदिरा बेच्न सन्तान

मदिरा बेच्न सन्तान

डोल्पा : मदिरा बिक्री गर्न स्कुले बालबालिकाको प्रयोग भइरहेको पाइएको छ। स्थानीयले घरमै उत्पादन गर्ने मदिरा बिक्री गर्न बालबालिकालाई प्रयोग गर्दै आएका हुन्।

यहाँका अभिभावकले नै घरेलु मदिरा बेच्ने काममा बालबालिकाको प्रयोग गरेको पाइएको हो। अभिभावकले नै काम लगाएपछि अचेल स-साना स्कुले बालबालिका ग्राहक खोज्दै बजारमा मदिरा बिक्री गर्न थालेका हुन्। डोल्पामा धेरैजसो गाउँमा अभिभावक नै सन्तानलाई मदिरा बिक्री गर्न पठाउने गरेको भन्दै सामाजिक अभियन्ता लीला टमटाले यसलाई रोक्नुपर्नेमा जोड दिए।

जिल्लाका मुख्यबजार दुनै, त्रिपुराकोट, खदाङ र लिकु लगायतका अन्य बजारमा समेत स्कुले बालबालिका मदिराका ग्यालेन बोकेर बिक्री गर्दै हिँडेका भेटिन्छन्। पढाइ खर्चको जोहो गर्न घरमा बनाइएको मदिरा बेच्न आएको एक बालिकाले सुनाउने गरेकी छन्। घरमै बसेर पढ्ने उमेरमा बालबालिका रक्सी बोकेर ग्राहकको खोजीमा हिँड्न थालेका छन्।

डोल्पाका मुख्य बजारहरूमा स्थानीय मदिरा उत्पादन र बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ। तर, स्थानीयवासी लुकीछिपी व्यापार गरिरहेका छन्। प्रहरी प्रशासनले स्थानीय मदिरा उत्पादन र बिक्री वितरण गर्न प्रतिबन्ध लगाइपछि स्थानीयले बालबालिका प्रयोग गरेर बेच्न थालेका हुन्।

साना बालबालिकालाई प्रहरीले त्यति ध्यान नदिने भएकाले पनि घरबाट बजारसम्म पुर्‍याएर मदिराको बिक्री वितरण हुने गरेको सरोकारवालाको भनाइ छ। डोल्पामा हाल बालबालिकाका अधिकारका विषयमा काम गर्ने कुनै पनि सरकारी तथा गैरसरकारी निकाय भने छैनन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.