कर्मचारीको लापरबाहीले हिउँदे बाली सखाप

कर्मचारीको लापरबाहीले हिउँदे बाली सखाप

वीरगन्ज : नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका कर्मचारीको लापरबाहीका कारण पर्साको बिन्दवासीनी गाँउपालिका–४ मधवलका किसानले २५ बिघा जमिनमा लगाएको गहुँ र मसुरो नष्ट भएको छ। कर्मचारीले नहरको क्षमताभन्दा बढि पानी अचानक छाडेपछि बाँध भत्केर नहरको सबै पानी खेतमा पसेको थियो।

अत्यधिक पानीका कारण खेतमा लगाएको गहुँ र मसुरोमा क्षति पुगेको छ। गण्डक नहरअन्तर्गत पर्ने जसौलीको तिलावे ब्यारेजको क्यानलबाट ब्लक नम्बर ५ मा पर्ने सानो नहरमा पुष १८ गते मध्यराति क्षमताभन्दा बढी पानी छाडिएको थियोे। पानीको भार थेग्न नसक्दा बाँध फुटाएर पानी खेतमा पसेपछि ५० भन्दा बढी किसानको बाली नष्ट भएको हो।

‘नहरमा पानी नआएपछि किसान आफैंले जेनतेन गरेर गहुँ र मसुरोमा सिँचाइ गरिसकेका थिए,’ बिन्दवासीनी गाउँपालिका–४ मधवलका वडा सदस्य हरिन्द्र चौरसीयाले भने ,‘आवश्यक परेको बेला नहर बन्द राखियो। अहिले छाडिएको पानीले सबै बाली सखाप पार्‍यो।’ आफ्नो एक बिघा जमिनमा लगाएको गहुँबाली पनि अधिक पानीले नष्ट भएको उनले बताए।

चौरसीयाले थपे, ‘पानीले गलेको गहुबालीबाट उत्पादन हुने कुरै रहेन, उल्टो बाली लगाउँदा लागेको २५/२६ हजार रुपैयाँ पनि पानीमै बिलायो।’ उनका अनुसार नहरको पानीले बाली बिग्रिएका पीडित किसान सबैले अरुको जमिन हुण्डामा लिएर बाली लगाएका थिए। वर्षमा प्रतिकट्ठाको एक क्वीन्टल धान जग्गा साहुलाई बुझाउनेगरि १८ कट्ठा खेतमा बाली लगाएका शिवशंकर साह पानीले बाली नष्ट गरेपछि चिन्तामा छन्।

उनी भन्छन्, ‘वर्षभरिको बाली आफ्नै त हो भनेर साहुलाई हुण्डावापत धान बुझाइसकेको थिएँ। तर नहरको पानीले सबे बाली सोत्तर बनायो। अहिले खेतमा पानी फालाफाल छ। अब न गहुँ सप्रिन्छ न अर्को बाली नै लगाउन मिल्छ ? ’

बासमतीदेविको पीडा पनि उस्तै छ। बासमतीदेवि भन्छिन्, ‘आफ्नो नाममा एकधुर पनि जमिन छैन। श्रीमानको मृत्युपछि बालबच्चाको जिम्मेवारी खेतीपातीबाटै धान्दै आएकी छु। साहुको १० कट्ठा जमिन हुण्डामा लिएर गहुँ लगाएको थिएँ। तर नहरको पानीले सबै सखाप भयो।’ बीउ किन्दा लागेको ऋण तिर्न पनि मुस्किल परेको उनले दुःखेसो पोखिन्।

सिँचाइ कार्यालय मातहत रहेको नहरको बर्सेनि सफाइ र मर्मत नगरिएकै कारण चार वर्षयता किसानले राम्रोसँग बाली लगाउन पाएका छैनन्। काार्यालयले नहरको मर्मत गर्न नसके पुर्नुपर्ने बताउँछन्। आवश्यक परेका बेला पानी नहुँदा समयमै बाली लगाउन नपाएका किसानको ढिलो गरि लगाएको बाली पनि अहिले नहरको पानीले नष्ट गरेपछि सिँचाइ कार्यालयप्रति आक्रोशित छन्। किसानले कार्यालयले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद साहले कर्मचारीको त्रुटिका कारण नहरको पानी खेतमा परेको स्वीकार्छन्। तर किसानलाई क्षतिपूर्ति भने दिन नसकिने उनको भनाइ छ। साहले भने, ‘सिँचाइका लागि नहरमा पानी चाहियो भनेर दुई/तीन सातअघि किसान आफैंले अनुरोध गरेका थिए। किसानकै माग अनुसार पानी छाडिएको हो। केही बढी पानी छाडेपछि खेतमा पस्यो। यसमा किसान आफैं जिम्मेवार हुनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.