ल क्याम्पस सस्याबारे महान्यायाधिवक्ताको चासो
काठमाडौं : नेपाल ल क्याम्पसमा एलएलबीको भर्नाका सम्बन्धमा देखिएको समस्या समाधानका लागि बिहीबार महान्यायाधिवक्ताको कार्यालयमा छलफल भएको छ ।
कानुन विषयको पढाई हुने त्रिभुवन विश्वविद्यालयको एक मात्र आंगिक क्याम्पसम भर्ना विवादकै कारण स्नातक तहको एक शैक्षिक सत्र गुमेपछि सरोकारवालाबीच छलफल भएको हो ।
छलफलमा महान्यायाधिवक्ता अग्नि खरेल, त्रिविका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटा, शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटा, सर्वोच्च अदालतका रजिष्ट्रार त्रिवि कानुन संकायका डिन, नेपाल बार एसोसियसनका अध्यक्ष सहित ल क्याम्पसका प्रमुख पनि सहभागी थिए ।
छलफलमा क्याम्पसको अहिलेको संरचना अनुसार तीन सय भन्दा बढी विद्यार्थी एलएलबीमा भर्ना नगर्ने निर्णय भएको छ । प्रवेश परीक्षको आवदन दिएका जति सबैलाई भर्ना गर्नुपर्ने विद्यार्थीको दवावका कारण गत वैशाखदेखि नै पढाई हुनुपर्ने एलएलबीमा अहिलेसम्म विद्यार्थी भर्ना समेत हुन सकेको छैन ।
छलफलले विद्यार्थीसंग छलफल गर्न एक उच्च स्तरिय संयन्त्र बनाउने निर्णय भएको नेपाल ल क्याम्पसका प्रमुख डी एन पराजुलीले बताए ।
प्रतिक्रिया दिनुहोस !