आबुधाबीमा तीन नेपाली कामदारको मृत्यु
काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) को आबुधाबीस्थित मोर्डन बिल्डिङ मेन्टेनेन्स कम्पनीमा कार्यरत मिनिबस दुर्घटना हुँदा तीन नेपालीको मृत्यु भएको छ ।
यूएईस्थित नेपाली राजदूतावासले जनाए अनुसार चालकसहित २५ जना सवार रहेको उक्त मिनिबसमा १७ जना नेपाली महिला कामदार रहेका थिए । त्यी मध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मिनिबस आबुधाबीको अल राहा रोडमा बिहीबार दुर्घटना भएको थियो । मृत्यु हुनेहरुमा झापा घर भएकी कृष्णमुरारी अधिकारी, प्यूठानकी भावना कुँवर र बाराकी अमिसा मोक्तान तामाङ रहेका छन् ।
दुर्घटनामा घाइते १४ नेपालीको आबुधाबीकै मफ्र्याक अस्पताल, एनएमसी अस्पताल र अल राभा अस्पतालमा उपचार भैरहेको राजदूत कृष्णप्रसाद ढकाललाई उद्धृत गर्दै दूतावासले उल्लेख गरेको छ । मृतकहरुको शव नेपाल ल्याउन कम्पनी र अस्पतालसँग समन्वय भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !