२०२० मा गोलो स्मार्टफोन

२०२० मा गोलो स्मार्टफोन

सिइएस २०२० मा राखिएको गोलो आकारको (सारकल फोन) स्मार्टफोनले धेरैको ध्यान तानेको छ ।  अमेरिकाको स्टार्टअपले यस हप्ता सिइएसमा यो स्मार्टफोन प्रदर्शनीमा राखेको हो । लस भेगसमा आयोजित प्रदर्शनीमा अन्य उत्पादन मध्य सारकल निकै विचित्र किसिमको उत्पादन रहेको छ ।  

यसको मूल्य ७ सय अमेरिकी डलर रहेको छ । यस किसिमको डिजाइनको टु जी मोबाइलको फोन यस अघि २०१६ मा आएको थियो । 

३.५ इन्चको गोलो आकारको मोबाइलमा टच स्क्रिनसहित नाइन अपरेटिङ सिस्टमको व्यवस्था गरिएको छ । मोबाइलमा अगाडि र पछाडि १३ मेगा पिक्सेलको क्यामरा छ । विशेष गरी यो मोबाइल सानो हात भएको व्यक्तिहरूको लागि बनाइएको हो ।

दुईवटा सिमको प्रयोग गर्न सकिने यो मोबाइलमा २ वटा हेडफोन ज्याकको सुविधा छ । यसमा २ जी बि र्‍याम, १६ जी बि को स्टोरेज र दुई हजार एमएचको ब्याट्री प्रयोग गरिएको छ । 

सार्कल कम्पनीका सिइओ क्रिस्टिना सायरका अनुसार, अन्य विभिन्न गेमिङ एपलाई यो गोलाकारमा फिट गर्न केही काम भने भइरहेका छन्।  

सार्कल फोनमा एप्पल आइफोन तथा स्यामसुङ ब्रान्डमाभन्दा फरक किसिमको सिस्टम राखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.