चिसो भुइँमा विद्यार्थी

चिसो भुइँमा विद्यार्थी

(गौशाला) महोत्तरी : आङमा न्यानो लुगा छैन। थरथर काप्ने जाडो बढ्दो छ। नांगो खुट्टाले स्कुल टेक्नु छ। स्कुल पुग्दा चिसै कार्पेटमा बसेर पढ्नु पर्छ, ७ वर्षीया बालिका सरितीया कुमारी मुखियालाई। डेक्स बेन्च पर्याप्त छैन। गरिबीले सरितीया परिवारले न्यानो लुगा जोहो गर्न सकेको छैन।

चिसो भुइँमा विद्यार्थी बोरा ओछ्याएर बस्छन्। शिक्षक कुर्सीमा बसेर पढाउँछन्। शिक्षकका लागि कुर्सी खरिद गरिन्छ। तर, बालबालिकालाई बस्न चकटी र डेक्स–बेन्च व्यवस्थानमा चासो छैन। महोत्तरी औरही नगरपालिका–४ सेहरास्थित सरस्वती आधारभूत विद्यालयमा पढ्छिन्, सरितीया। यो समग्र मधेसका गरिब बालबालिकाको साझा समस्या हो।

कमजोर पढाइ

सिंहदरबारको अधिकार गाउँमा आयो, सबै समस्या समाधान हुन्छ। नेताले टोलटोलमा झ्याली पिटाए। तर, सरितीयाले लोकतन्त्र स्वाद चाख्न पाएकी छैनन्। तन्त्र फेरियो तर गरिबको जीवन अझै उस्तै छ। दुई वर्षअघि स्कुल टेक्दा उनको अवस्था जे थियो, अहिले पनि त्यही छ। जाडोमा न्यानो लुगा नभएर कठ्यांग्रिने, स्कुल आउँदा पढाउने शिक्षक नहुने। उनको पढाइ यति कमजोर कि आफ्नो नाम लेख्न पनि शुद्धसँग आउँदैन।

कक्षाकोठा अभाव

गौशाला–सम्सी हुलाकी सडकखण्डको छेउमै सरस्वती आधारभूत स्कुल पर्छ। विद्यालयमा २ सय १६ जना विद्यार्थी छन्। तीमध्ये अधिकांश दलित समुदायका छन्। कक्षा ५ सम्म पढाइ हुन्छ। कक्षाकोठा ४ वटा मात्रै छ। पाठ्क्रम फरक छ। कोठा अभावमा चार र पाँच कक्षाका विद्यार्थी एउटै कक्षामा पढ्न बाध्य छन्।

शिशु र कक्षा १ का बालबालिकाको समस्या उस्तै छ। दिनभरि एउटै शिक्षकले सबै विषय पढाउँछन्, सँगै राखेर। शिक्षिका ममता कुमारी यादवले भनिन्, ‘सुरु–सुरुमा अभिभावकले विद्यालयको विकासका लागि उत्सुकता देखाए। अहिले विद्यालय आउन पनि मान्दैनन्।’

उनका अनुसार दलित बस्तीमा विद्यालय थिएन। बच्चा स्कुलबाहिर थिए। ०६३ मा स्थानीय किशोर दासको घरमा पढाइ सुरु भयो।

सुन्दैन स्थानीय सरकार

स्थानीय सरकारले ध्यान नदिँदा विद्यालयले फड्को मार्न सकेको छैन। प्रधानाध्यापक रामप्रसाद यादवले भने, ‘नगरपालिकामा विद्यालयको भौतिक विकासका लागि जानकारी गराएको छु। तर, सुनवाइ भएको छैन।’ विद्यालयको भौतिक अवस्था र जनशक्ति अभावले सोचेजस्तो प्रतिस्पर्धात्मक शिक्षण क्रियाकलाप सञ्चालन गर्न नसकिएको उनले सुनाए।

दुई सय १६ विद्यार्थीलाई पढाउन १/१ जना स्थायी, राहत, बालविकास शिक्षक मात्रै छन्। औरही नगर प्रमुख सुनील यादव भन्छन्, ‘तुरुन्तै बालविकास कक्षामा चकटी र डेक्सबेन्च मिलाउँछौं।’

चिसोमा बोराको सहारा

बढ्दै गएको चिसोमा महोत्तरीको गौशाला नगरपालिकाका दुई विद्यालयका विद्यार्थी पनि बोरा ओछ्याएर पढ्न बाध्य भएका छन्। त्यहाँ पनि बेन्चडेक्सको अभाव छ। विद्यार्थी घरबाटै ल्याएको बोरा ओछ्याएर पढ्छन्।

गौशाला नगरपालिका– ६ र ७ मा पर्ने जनता आधारभूत विद्यालय, फुलकाहा तथा मनहर्वाको नेपाल राष्ट्रिय जनजाति प्राविका विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य भएका हुन्। आफू विद्यालय सुधारका लागि काम गरिरहेको गौशाला नगर प्रमुख शिवनाथ महतोले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.