भ्रष्टचार सूचाकांक सार्वजनिक : नेपाल ११३ औं स्थानमा

भ्रष्टचार सूचाकांक सार्वजनिक : नेपाल ११३ औं स्थानमा

काठमाडौं : भ्रष्टाचार निवारण सम्बन्धी विश्‍वव्यापी सूचकांकमा नेपालको स्थान थोरै सुधार सुधारोन्मुख देखिएको छ। 

 ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले जारी गरेको भ्रष्टाचार अवधारणा सूचाकांक ‘करप्सन पर्सेप्सन इन्डेक्स (सिपिआई)-२०१९’मा नेपाल यसपटक ११३ औं स्थानमा उक्लिएको छ।गत वर्ष १२४ औं स्थानमा रहेको थियो। 

टीआइलेले जम्मा १ सय ८० देशको भ्रष्टाचार तथा सुशासनको अध्ययन गरी तयार गरेको रिपोर्ट बिहीबार विश्वव्यापी रुपमा सार्वजनिक गरिएको हो। 

सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क देखिएको छ । एक सय पूर्णांक आधार मानेर गरिएको सर्वेक्षणमा डेनमार्कले ८७ नम्बर ल्याएको छ । नेपालले भने ३४ नम्बर ल्याएको छ । अघिल्लो वर्ष ३१ मात्रै ल्याएको थियो ।

विश्वमा सबैभन्दा कम अंक ल्याउने अर्थात् सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक सोमालिया रहेको रिपोर्टले देखाएको छ । जसको जम्मा ९ अंक रहेको रिपोर्टले देखाएको छ । ४३ नम्बर आएको खण्डमा भ्रष्टाचार निवारणको अवस्थामा सामान्यतः सन्तोषजनक मानिन्छ । ५० बढी ल्याउँदा भ्रष्टाचार निवारणमा प्रगति भएको मानिन्छ ।

४३ भन्दा कम अंक ल्याउने मुलुकलाई असफल नै भएको मानिन्छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलका अध्यक्ष खेमराज रेग्मीका अनुसार नेपालमा भ्रष्टाचारको अवस्था भने छैन । उनी भन्छन्, 'अघिल्लो वर्षभन्दा बढी अंक ल्याएको देखिए पनि व्यवहारमा भ्रष्टाचार घट्न सकेको छैन।'

टिआईका अध्यक्ष डेलिया फरेरा रुबियोले सरकारी तहमा हुने भ्रष्टाचार घटाउन र  नतामा राज्यका निकायहरुप्रतिको गिर्दो विश्वास हटाउन राजनीतिक सदाचारतर्फ उन्मुख हुनुपर्नेमा जोड दिएका छन्। दलको चुनावी खर्चमा चन्दा र सहयोगबाट सिर्जना हुने भ्रष्टाचार तथा राजनीतिक व्यवस्थामा पर्ने पैसाको प्रभाव अन्त्य गर्नुपर्ने उनको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.