बाजुरामा हिमपातले सकस

बाजुरामा हिमपातले सकस

बाजुरा : पुस महिनाको २२ गतेबाट सुरु भएको हिमपातका कारण बाजुराको उत्तरी क्षेत्रको पोरखेमा सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामानको अभाव सुरु भएको छ। 

बडिमालिका र बुढीनन्दा नगरपालिकाको  पोरखे लेकमा पुस २२ गतेबाट पटकपटक गरी पाँच फिट भन्दा बढी हिउँ जमेको बडिमालिका नगरपाकिला ७ का वडाध्यक्ष धर्मराज पाध्यायले जानकारी दिए।

बाजुराको उत्तरी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिकामा दैनिक उपभोग्य समान अभाव भएको छ। 

मार्तडी–कोल्टी सडकको पोरखे लेक क्षेत्रमा पर्ने झण्डै १२ किलोमिट सडक हिउँले अबरुद्ध भएको हो।  तत्काल सडक सञ्चालन हुने अवस्था नरहेको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदम गिरीले जानकारी दिए।  ‘झण्डै २० वर्ष पहिले यस्तो हिउँ परेको थियो’ बुढीनन्दा नगरपालिका ९ का वडा अध्यक्ष खडक बोहोराले भने। 

हिउँले बाटो अवरुद्ध भएपछि दुई हजारमा पाइने खाना पकाउने ग्यासको मूल्य २६ सय पुगेको छ। हिउँले मार्तडी कोल्टी सडक अवरुद्ध हुँदा, ढुवानीमा समस्या भएको उपभोक्त समितिका पदाधीकारीले बताएका छन्। 

बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले मार्तडी कोल्टी सडक खुलाउन बडीमालिका र बुढीनन्दा नगरपालिकाका प्रमुखसँग समन्वय गरिरहेको बताए।  बडीमालिकाका नगर प्रमुख पदम बडुवालले सडक खुलाउन डोजरको व्यवस्था गरेर तेलको लागि रकम छुट्याई सकेको बुढीनन्दा नगरपालिकाका मेयर पदम गिरीले जानकारी दिए।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.