पाँचथर कोरिया समाजले अपाङ्ग र असहायलाई सहयोग रकम हस्तान्तरण गर्दै
दक्षिण कोरिया : पाँचथर कोरिया समाजले पाँचथरका अपाङ्ग तथा असहायलाई सहयोग रकम हस्तान्तरण गर्ने भएको छ।
गतवर्ष सेप्टेम्बर १३ तारिखमा ‘छुसक’ पर्वको अवसरमा कोरियामा आयोजित ‘पाँचथर सांगीतिक सौगात भाग-१’ मा उठेको रकम अपाङ्ग तथा असहायलाई प्रदान गर्न लागिएको हो। सहयोग रकम अर्को महिना पाँचथर सेवा समाजका अध्यक्ष राजेन्द्र चेम्जोङले हस्तान्तरण गर्दैछन्।
पाँचथर जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलसँग अपाङ्ग तथा असहाय बालबालिकाको संख्या लिएर रकम हस्तान्तरणको तयारी भएको पाँचथर सेवा समाज दक्षिण कोरियाका सचिव कमल खुदाङले जानकारी दिए।
सचिव खुदाङका अनुसार जिल्लाका हरेक स्थानीय सरकारलाई एक लाख ५० हजार रुपैयाँका दरले रकम हस्तान्तरण हुनेछ। 
प्रतिक्रिया दिनुहोस !