पैसा नतिरी उद्योगले चिनी बेच्न खोज्यो : किसानले गरे अवरोध

पैसा नतिरी उद्योगले चिनी बेच्न खोज्यो : किसानले गरे अवरोध

मलंगवा : किसानको करोडौं भुक्तानी बाँकी राखेका सर्लाहीका अन्नपूर्ण चिनी उद्योगले बिक्री गर्नका लागि उद्योगबाट चिनी निकासी गर्न खोजेपछि किसानहरुले अवरोध गरेका छन् । 

जिल्लाको पश्चिम क्षेत्र धनकौलमा रहेको उद्योगले किसानको भुक्तानीबिना नै शनिबार अचानक गोदामबाट चिनी निकासी गरेर अन्यत्र लैजान खोजेपछि किसानहरुले अवरोध गरेका छन् । गत वर्ष पनि यसरी नै गोदाममा रहेको चिनी बिक्री गरेर पैसा तिर्छु भनेर चिनी लगेका उद्योगीले पैसा तिरेका थिएनन् । किसानले फेरि पुरानै रबैया उद्योगीले अपनाएको भन्दै अवरोध गरेका हुन् । 

गतवर्ष क्रसिङ गरेर गोदाममा राखेको चिनी किसानको अवरोधका कारण लैजान सकेका थिएनन् । उद्योगमा ६ वटा ट्रक ल्याएर अचानक चिनी लोड गर्न थालेपछि किसानले उद्योगमा पुगेर अवरोध गरेका थिए । तर, प्रहरीले किसानलाई उद्योगबाट निकालेपछि उनीहरु बिहानैदेखि उद्योगबाहिर बसेर गाडी रोकिरहेका छन् । 

चिनी निकासीमा अबरोध गर्न उद्योगको मूल गेटमा जम्मा भएका किसान ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले गृह र उद्योग मन्त्रालयले चिनी निकासीको व्यवस्था मिलाइदिन पत्राचार गरेकाले सुरक्षाकर्मी परिचालन गरी उद्योगबाट चिनी निकासी गर्ने प्रयास गरिएको बताएका छन् । चिनी निकासीमा सहजीकरण गर्नका माथिबाट निर्देशन आएपछि बिहानै सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ जिसीले बताए ।  तर, किसानहरुले अवरोध गरेपछि हामीले निकासीमा केही ढिलाइ गरेका हौं । बल प्रयोग नगरी किसानलाई सम्झाइ–बुझाइ गरेर मात्रै चिनी निकासी गरिने प्रजिअले बताए । 

उद्योगमा चिनी लिन ट्रक आएपछि आफुहरु बिहानैदेखि अवरोध गरेको उखु किसान मुकेशकुमार सिंहले जानकारी दिएका छन् । उद्योगमा गएर सुरुमा अवरोध गर्दा प्रहरी प्रशासनले बाहिर निकालेका थिए । उद्योगबाट निकालेपछि आफुहरु बाहिर बसेर अवरोध सृजना गरेको सिंहले बताए । भुक्तानी नगरेसम्म चिनी बाहिर लैजान नदिने सिंहले बताएका छन् । पछिल्लो वर्षहरुमा पनि यसरी नै चिनी बिक्री गरि भुक्तानी दिन्छु भन्दै उद्योगीले हामीलाई ठगेका थिए । यसवर्ष पनि ठग्न लागेको छ । गतवर्षको रबैया देखेर आफुहरुले अवरोध गरेको उनीहरु बताउँछन् । 

ट्रकमा लोड गरिएको चिनी ।
 

हाल बन्द अवस्थामा रहेको अन्नपूर्ण चिनी उद्योगले किसानलाई विगत तीन-चार वर्षदेखिको भुक्तानी गरेको छैन । सरकारसँग गत पुसमा भएको सहमतीपछि अन्नपूर्ण चिनी उद्योगले किसानलाई ४२ करोड मध्ये ३ करोड ९० लाख रुपैयाँ मात्रै भुक्तानी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.