पछि परे लिगलिगे राजा

पछि परे लिगलिगे राजा

चितवन : युवा धावक गोपिचन्द्र पार्की र अनिश थापा शनिबार बिहान बेग्लै लक्ष्यका साथ दौडको तयारीमा थिए। १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पार्की र गोरखाको लिगलिगमा चार पटक दौड जितेर राजा भएका अनिश दुवैलाई आफ्नो साख जोगाउनु थियो। दौड सुरु भएपदेखि नै अनिश र गोपीसँगै दौडिएका थिए।

बराबरी दुरीमा दौडिरहेका बेला पाँच सय मिटर दूरी नजिक पुगेपछि गोपीले गति बढाए। मिनि राष्ट्रिय म्याराथनको उपाधि चुमे। अन्तिम ६ सेकेन्डले मिनि म्याराथनको उपाधि जित्ने लिगलिगे राजाको सपना पूरा हुन सकेन। चार पटक लिगलिगे दौड जितेका अनिशले उपविजेतामा चित्त बुझाउन बाध्य भए।

पार्कीले निर्धारित १५.४ किलोमिटरको दूरी ४२ मिनेट ३५ सेकेन्डमा पार गरेका थिए। अनिशलाई भने ४२ मिनेट ४१ मिनेट लाग्यो। पार्कीले १३औं सागमा पाँच किलोमिटर दौडमा स्वर्ण जितेका थिए। अनिशको दौडलाई पार्कीले प्रसंसा गरे। ‘उनलाई हत्तपत्त हराउन गारो हुन्छ’ पार्कीले भने ‘दौडमा को पहिला हुन्छ भन्ने ठेगान हुन्न हामी सँगसँगै थियौ थोरैले म अघि भएको हुँ।’

अनिश र गोपीको प्रतिस्पर्धामा भेट भइरहन्छ। यही वर्ष भएको राष्ट्रिय खेलकुदमा पाँच हजार मिटर दौड पार्कीले जितेका थिए। अनिश भने तेस्रो भए। २९ वर्षीय अनिश भारतीय सेनामा कार्यरत छन् भने पार्की एपीएफमा आवद्ध छन्। पर्वतको फलेवास नगरपालिका–२ थापाथानामा घर भएका अनिश हाल भारतको हैदरावादमा भारतीय सेनामा कार्यरत छन्।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले ४४ मिनेट ११ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए। नेपाल भ्रमण वर्षलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गरिएको रत्ननगर रोटरी क्लबका अध्यक्ष विपिन पोख्रेलले जानकारी दिए। प्रतियोगिताका विजेताले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार नगद पुरस्कार प्राप्त गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.