काठमाडौँ विश्‍वविद्यालयको विवाद बालुवाटारमा, २१ गतेलाई सर्‍यो सभा

काठमाडौँ विश्‍वविद्यालयको विवाद बालुवाटारमा, २१ गतेलाई सर्‍यो सभा

काठमाडौं : प्राध्यापक र कर्मचरीबाट भएको आन्दोलनको विषयमा छलफल गर्न सोमबार बसेको काठमाडौं विश्वविद्यालयको सभा (सिनेट) माघ २१ गतेका लागि सरेको छ ।

विश्वविद्यालयको कुलपतिको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास वालुवाटारमा सभा बोलाएका थिए । प्राध्यापक तथा कर्मचारी संघलाई कानुनी मान्यता दिने कि नदिने विषयमा विवाद भएपछि सभा अर्को दिनलाई बोलाइएको हो । झण्डै महिना दिनदेखि आन्दोलन गर्दै आएका प्राध्यापक र कर्मचारी संघलाई मान्यता दिनुपर्ने माग गरेका छन् ।

सभामा दुवै संघका सभापतिलाई सदस्यको हैसियतमा बस्न दिनुपर्ने माग पनि उनीहरुले गरेका छन् । सोमबारको सभामा पक्ष र विपक्षमा चर्काचर्की भएपछि प्रधानमन्त्री ओलीले यस विषयमा आन्तरिक सहमति कायम गरेर अर्को वैठक बस्ने जानकारी गराएका थिए ।

अर्को बैठक २१ गतेलाई बोलाइएको विश्वविद्यालयका प्राध्यापक संघका पूर्व सभापति विभुतीरञ्जन झाले बताए । शिक्षक,कर्मचारी र व्यवस्थापनबीचको द्धन्द्धले दुई सातादेखि काठमाडौं विश्वविद्यालयको शैक्षिक, आर्थिक तथा प्रसाशनिक काम रोकिएको छ ।

व्यवस्थापन र आन्दोलनकारीको विवादका कारण विश्वविद्यालयको स्कुल अफ ल, विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी शास्त्र, शिक्षा र मेडिकल शिक्षा अन्तर्गतका सम्पूर्ण काम रोकिएको छ । यि सबै स्कुलका डिन कार्यालयमा पुस १६ गतेदेखि आन्दोलनकारीले ताला लगाएका छन् । उनीहरुले विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा पनि ताला लगाएका छन् ।

आन्दोलनकारीले ताला लगाएपछि सोही दिन प्रशासनले विश्वविद्यालयमा असहज परिस्थिती उत्पन्न भएको बताउँदै विद्यार्थीलाई अर्को सूचना नआउन्जेलको लागि पढाइ बन्द भएको जानकारी गराएको थियो । स्थापनाको तीन दशकमा विश्वविद्यालयमा भएको अहिलेसम्मकै यो सबैभन्दा ठूलो आन्दोलन हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.