धार्मिकस्थल पुनर्निर्माणमा खटिँदै सेना

धार्मिकस्थल पुनर्निर्माणमा खटिँदै सेना

सुर्खेत : धार्मिकस्थल पुनर्निर्माणमा नेपाली सेना खटाउने तयारी भएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाका अनुसार ऐतिहासिक धार्मिक स्थल पुनर्निर्माणमा सेना खटाउने तयारी भएको हो।

धार्मिक स्थल पुनर्निर्माण गरी युद्ध संग्रहालय निर्माणको तयारीमा सेना जुटेको उनले जानकारी दिए। वीरेन्द्रनगरमा भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति थापाले सरकारले अघि सारेको भम्रण वर्षलाई प्रभावकारी बनाउन सेनाले पुनर्निर्माण अभियान सुरु गरेको बताएका हुन्।

‘केही जिल्लामा पुनर्निर्माणको र संग्रहालय निर्माणको काम सुरु भइसकेको छ’, उनले भने, ‘अब सातै प्रदेशका धार्मिक तथा सांस्कृतिक स्थलको सम्वद्र्धनमा सेना जुट्नेछ।’

थापाले अवकाश प्राप्त सैनिकहरूको सेवा र समर्पणको यथोचित सम्मान गरिने बताए। देशको सामाजिक तथा आर्थिकस्तर सुधारका लागि सेनाको ध्यान केन्द्रित भएको उनको भनाइ छ। सैनिक कल्याणकारी कोषलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित पारदर्शी बनाइने समेत उनले प्रतिवद्धता व्यक्त गरे।

एक करोडबाट सुरु भएको सैनिक कल्याणकारी कोषमा हाल ४४ अर्ब बजेट छ। कोषले २१ करोड ७४ लाख कर्जा सिफारिस गरेको छ। कोषले २० प्रतिशत कर्जा भूतपूर्व र बहालवाला सेनालाई सहुलियत दरमा उपलब्ध गराउँदै आएको छ।

व्यवसायको प्रकृति हेरेर एक लाखदेखि सात लाखसम्म कर्जा उपलब्ध गराउँदै आएको कोषले थप कर्जा लगानी गर्ने रणनीति बनाएको छ।

‘व्यवासयमा जोडिएका सेनाहरूले उत्पादन गरेका वस्तुकोसमेत बजारीकरण गर्न हेडक्वार्टरले अध्ययन गरिरहेको छ’, महारथी थापाले थपे, ‘सेवानिवृत्त भएपछि आर्थिक आयआर्जनबाट परिवारलाई टेवा पु¥याउन स्वरोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाउने छौं।’

महिला उद्यमशीलता कर्जा कार्यक्रमसमेत सुरु गर्ने उनले घोषणा गरे। यो कार्यक्रमबाट बहालवाला र भूतपूर्व सैनिक, तिनका परिवार र एकल महिलाको आर्थिक अवस्था सुधार तथा जिविकोपार्जनमा सहजका लागि पाँच वर्षभित्र भुक्तानी गर्ने गरी १५ लाखसम्म ऋण उपलब्ध गराइने उनले बताए। सम्मेलनमा सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, मुगु, कालिकोट र डोल्पाका भूतपूर्व सैनिकको सहभागिता रहेको थियो।

०००

आफ्ना छोराछोरीलाई नेपाली सेनामा भर्ति हुन प्रेरणा दिने अभिभावकलाई सम्मानपत्र दिँदै प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा। नन्दराम जैसी।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.