रुघाखोकी लाग्दैमा कोरोना भाइरसको परीक्षण जरुरी छ ?

रुघाखोकी लाग्दैमा कोरोना भाइरसको परीक्षण जरुरी छ ?

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठलाई एक राजनीतिक नेताले फोन गर्दै छोरा चीनबाट आएको तीन हप्तापछि नोभेल कोरोना भाइरस छ कि परीक्षण गर्नुपर्‍यो भनेर फोन आयो। उनले आवश्यक छैनभन्दा पनि उनले ढिपी गरे। 'कुनै पनि व्यक्तिमा कोरोना भाइरस लागेको बढीमा १५ दिनमा त लक्षण नै देखिन्छ, तीन हप्तापछि कोरोना भाइरस छ कि भनेर शङ्का गर्नु आवश्यक नै छैन', प्रवक्ता श्रेष्ठले थप्नुहुन्छ, 'जबर्जस्ती शङ्का गर्नु जरुरी छैन।'

उनले केही अस्पतालले पनि जबर्जस्ती कोरोना भाइरस परीक्षणका लागि सिफारिस गरेको भन्दै यस्तो नगर्न भनेको जानकारी दिए। केही व्यक्ति नमूना लिएर नै टेकुस्थित जनस्वास्थ्य प्रयोगशालासमेत आइपुगेका छन्। मङ्गलबार मात्रै कुनै पनि बिरामी अहिले परीक्षणमा नभएको जनाएको स्वास्थ्य मन्त्रालयले आज भने परीक्षणका लागि भनेर सम्पर्कमा आउने मान्छे धेरै भएको जनाएको छ। तर, अवस्था सामान्य रहेकाले आत्तिनु नपर्ने मन्त्रालयले आज पनि दोहोर्‍याएको छ। आज शङ्का लागेर परीक्षणका लागि एक जनालाई निगरानीमा राखिएको जनाइएको छ।

प्रवक्ता श्रेष्ठले प्रष्ट्याउँदै भने, 'सबै रुघा लागेको मान्छेलाई परीक्षण जरुरी छैन, रोगको सङ्क्रमण भएका क्षेत्रबाट आएका व्यक्ति र खास आशङ्का गरिएकालाई मात्रै परीक्षण गर्ने हो, अन्य रुघाखोकीका बिरामीलाई विभिन्न अस्पतालमा नियमित उपचार गर्दा हुन्छ।'

चीनको वहान प्रान्तबाट शुरु भएको नोभेल कोरोना भाइरस त्यहाँबाट आएका एक नेपालीमा देखिएपछि माघ ९ गतेदेखि सरकारले उच्च सतर्कता अपनाएको छ। नेपाल र चिनियाँ सरकराको सहमतिमा रसुवागढी र तातोपानी नाकामा १५ दिनका लागि आवागमन रोकेको गृह मन्त्रालयले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक आगन्तुकको परीक्षण गर्ने थालिएको छ। अस्पताललाई उच्च सतर्कतामा रहन भनिएको छ भने विभिन्न क्षेत्रमा सहायता कक्ष स्थापना गरेर काम भइरहेको छ।  

नोभेल कोरोना भाइरसले रुघाखोकीदेखि गम्भीर प्रकारको स्वासप्रश्वासको समस्या निम्त्याउन सक्ने चिकित्सकले बताएका छन्। यो नयाँ भाइरस हो। शुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्वस्वास्थ्य सङ्गठन (डक्लुएचओ) ले पुष्टि गरिसकेको छ। सन् २००३ मा चाइनामा सार्स कोरोना देखापरेको थियो। त्यसपछि सन् २०१२ मा मर्स कोरोना देखियो। अहिलेको ३१ डिसेम्बरमा चीनको उवान शहरबाट नोभेल कोरोना भाइरस देखिएको हो। 

नोभेल कोरोना भाइरसको मुख्य लक्षण भनेको ज्वरो आउनु, श्वास फेर्न अप्ठ्यारो हुनु र छातीमा सङ्क्रमण हुनु हो। रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्नसक्ने चिकित्सकको भनाइ छ। यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाए अपनाउने, सङ्क्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीहरुको निगरानी गर्ने जस्ता उपाए अपनाउनुपर्नेमा चिकित्सकको जोड छ। धेरै भिडमा नजाने, व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने, साबुन पानीले राम्ररी हात धुने गर्दा रोगबाट बच्न सकिने चिकित्सकले बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार अहिलेसम्म चीनलगायत १४ देशमा चार हजार ५९३ जनामा सङ्क्रमण देखिएको छ। चीनमा मात्रै चार हजार ५३७ जनामा देखिएको छ। पछिल्लो अभिलेखमा उक्त भाइरसबाट १०६ जनाको मृत्यु भएको आज स्वास्थ्य मन्त्रालयले पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण फैलिएको क्षेत्रमा रहेका नेपालीको समेत नियमित निगरानी भइरहेको छ।  

स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले नेपालमा तोकिएका अस्पतालले तयारी गरे नगरेकोबारे अनुगमन शुरु भएको र सङ्क्रमण फैलिएमा रोक्नका लागि आवश्यक पूर्वतयारीसमेत भइरहेको जानकारी दिए। नेपालमा अहिलेसम्म चार जनामा परीक्षण भएकामा चीनबाट आएका एक जनामा मात्रै कोरोना भाइरस देखिए पनि अन्य तीन जनामा देखिएको छैन। मन्त्रालयले नियमितरुपमा पत्रकार सम्मेलन गर्दै हरेक दिन कोरोना भाइरसको अवस्थाबारे जानकारी दिन थालेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.