जीप दुर्घटनामा चालकसहित पाँच घाइते
बाजुरा : जिल्लाको जगन्नाथ गाउँपालिका गणेल खोलामा बुधबार राती जीप दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते भएका छन्। घाइतेमध्ये चालक विक्रम सुनारको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
से १ ज १२०६ नम्मरको जीप पिलुचौबाट बिरामी लिन जगनाथ जानेक्रममा गणेल खोलामाको मोडमा दुर्घटना भएको हो । राती ६ बजेतिर पिलिचौरबाट सेरा बिमारी लिनका लागि जानेक्रममा जगन्नाथ गाउँपालिकाको गणेल खोलामा जीप ब्याग गर्ने क्रममा रोडबाट करिब २ सय ५० मिटर तल खसेको हो।
दुर्घटना के कति कारणले भएको हो भन्ने विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले बताएको छ ।घाइतेको उपचार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको ।
घाइते विक्रम सुनारलाई थप उपचारका लागि नेपालगन्ज लैजाने तयारी भएको छ। यस क्षेत्रमा पटक पटक दुर्घटना हुँदै आएका छन् । एक महिना अगाडि कर्णालीमा जीप खस्दा ५ जनाको मृ्त्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस !