नेकपा, कांग्रेस र मधेसी दल म्याद गुज्रेको औषधि : सिके राउत

नेकपा, कांग्रेस र मधेसी दल म्याद गुज्रेको औषधि : सिके राउत

राजविराज : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले कांग्रेस, नेकपा र मधेसी दलका नेताहरू म्याद गुज्रेको औषधि सरह रहेको बताएका छन्। शनिबार सप्तरीको राजविराजमा आयोजित आमसभालाई सम्बोधन गर्दै ३० वर्षदेखि ७० वर्षसम्म म्याद गुज्रेको औषधि खाएमा यसले कुनै फाइदा नगरी केवल नोक्सानी मात्र गर्ने बताएका हुन्। यी पार्टीले म्याद गुज्रेका औषधि सरह ‘रियाक्सन’ मात्र गर्ने र ज्यान जाने अवस्थामा पुर्‍याउने बताए।

नेकपाले कृष्णबहादुर महरालाई, कांग्रेसले मोहम्मद अफताब आलमलाई र राजपाले रेशम चौधरीलाई संरक्षण गर्न नसकेकाले पार्टीले मधेसीलाई कहिले पनि संरक्षण नगर्ने बताए। ‘अहिलेका यी पार्टीहरु कवाडी खिया लागेको पार्टी जस्तै छन्’ राउतले भने ‘इन्जिन बिग्रेको कवाडी गाडी रहेकाले यसमा बस्न पनि नहुने र यदि बसे पनि बीच बाटोमै बिग्रिने निश्चित छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.