प्रदेशस्तरीय फुटबल : रौतहट र महोत्तरी भिड्दै

प्रदेशस्तरीय फुटबल : रौतहट र महोत्तरी भिड्दै

वीरगन्ज : वीरगन्जमा जारी प्रदेश २ स्तरीय प्रथम गिरिजाप्रसाद कोइराला गोल्डकप फुटबलमा आइतबार रौतहट र महोत्तरी भिड्दैछन् ।  वीरगन्जको आदर्शनगर रंगशालामा यी दुई समूह बीचको खेल दिउँसो २ बजे देखि सुरु हुनेछ । यसअघ शनिबार भएको उद्घाटन खेलमा धनुषाले पर्सालाई हराएको थियो । 

उद्घाटन खेलमा धनुषाले ट्राइबेकरमा ४-२ गोलले हराएको हो । निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीबाट एक- एक गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा धनुषाका लागि चार खेलाडीले गोल गर्न सफल भएका थिए । तर  पर्साका चारमध्ये दुई खेलाडीले प्रहार गरेको बल, धनुषाको गोलपोष्टको जाली चुम्न असफल भएपछि धनुषाले खेल ४-२ ले जितेको थियो ।

जिपी कोइराला फाउण्डेसन पर्साले आयोजना गरेको प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले गरेका थिए । उद्घाटन समारोहमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, कांग्रेस केन्द्रीय सदस्य अजय चौरसीया, जिल्ला सभापति अजय द्धिवेदी , राजपाका सहमहासचिव निजामुदिन समानीलगायतले प्रतियोगिताको सफलताका लागि शुमकामना मन्तव्य व्यक्त गरेका थिए। 

माघ २५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश २ का आठवटै जिल्लाका जिल्ला फुटबल संघका टिमले भाग लिएका छन् । आठ वटा टिमलाई दुइ समूहमा विभाजन गरिएको छ । समूह 'क' मा पर्सा, बारा, धनुषा र सिराहा छन् । समूह 'ख' मा महोत्तरी, रौतहट, सर्लाही र सप्तरी छन् ।

प्रतियोगिताको उपाधी विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता टिमले  ७५ हजार रुपैयाँ नगदसहित कप र मेडल पाउने फाउण्डेसनका सचिव सरोज चौरसियाले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.