छाउगोठ भत्काउन गएका प्रहरीलाई भैंसी बाँध्‍ने किलाले हानेपछि...

छाउगोठ भत्काउन गएका प्रहरीलाई भैंसी बाँध्‍ने किलाले हानेपछि...

अछाम : अछाममा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरीमाथि कुटपिट भएको छ । बान्नीगढी जयगढ गाउँपालिका ३ धारासैनमा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी चौकी जयगढमा कार्यरत प्रहरी हवल्दार धनबहादुर कैलामाथि कुटपिट भएको प्रहरीले जनाएको छ। 

धारासैनकी अन्दाजी ५४ वर्षीया धना साउदले प्रहरी हवल्दार कैलामाथि भैंसी बाँध्ने किला प्रहार गरेको प्रहरीले जनाएको छ । गोठ भत्काउने पूर्वजानकारी नभएको र एक्‍कासी आएर गोठ भत्काउन थालेपछि साउदले कैलामाथि भैंसी बाँध्ने किला प्रहार गरेको स्थानीयले बताए ।

हवल्दार कैलाको मेरुदण्डमा निलडाम हुनेगरी चोट लागेको बताइएको छ। साउदलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए । उनले भने, ' महिलालाई नियन्त्रणमा लिएका छौं, छाउगोठ भत्काउने अभियानमा अवरोध गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याइनेछ ।'

प्रहरीले पुस ९ देखि माघ १७ गतेसम्म ४ हजार ५ सय ८७ छाउगोठ भत्काएको छ। जिल्लामा ३२ हजार भन्दा बढी छाउ गोठ रहेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.