अब पार्टीले सरकारको नेतृत्व गर्छ : प्रचण्ड

अब पार्टीले सरकारको नेतृत्व गर्छ : प्रचण्ड

पोखरा : सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको बैठकपछि पार्टीले सरकारको नेतृत्व गर्ने कुरामा र सरकारलाई प्रभावकारी बनाउन पार्टीले कार्यक्रमहरू सञ्चालन गर्ने बताएका छन्।

पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले सरकारका मान्छेले गल्ती कमजोरी गरे भने उनीहरूमाथि कुनै न कुनै कुराले नियन्त्रित गर्ने नियमन गर्ने बताए। पहिले पार्टी एकता नटुंगिएकाले स्थानीय सरकारलाई नेतृत्व गर्ने कुरामा र सरकारले गरेका राम्रा कुराको प्रचार गर्ने काम नपुगेको स्थिति रहेको उनले बताए। अब स्थानीय तहमा पार्टी सञ्चालन संयन्त्र, प्रादेशिक तहमा र संघीय तहमा पनि बनाएर जाने कुरामा नीतिगत रूपमा एउटा निर्णयमा पुगेको उनले सुनाए।

‘प्रधानमन्त्रीले पनि स्पस्ट रूपमा पार्टीको नेतृत्वमै हो सरकार चल्ने भन्नु भएको छ’, उनले बताए। पार्टी र सरकारका बीचमा केही असमझदारी छ कि भन्ने कुरा केन्द्रीय समितिको बैठकले अन्त्य गरेको पनि उनले सुनाए।

यस पटकको बैठकले पार्टी राम्रोसँग अन्तरघुलन भएको पनि उनले बताए। ‘एकले अर्कालाई चिन्ने अवसर मिल्यो। साढे चार सय केन्द्रीय कमिटी भएकाले सबैले सबैलाई चिन्ने स्थिति पनि थिएन। सबैले सबैलाई चिन्ने आधार तयार भएको छ’, उनले बताए।

साढे चार सय केन्द्रीय सदस्य रहेको केन्द्रीय समितिको ५ दिनसम्म चलेको बैठकले सर्वसम्मत निर्णय गर्नु सकारात्मक परिघटना भएको उनको भनाइ छ। हालै भएको राष्ट्रिय सभा निर्वाचन पछि पार्टी एक्लै दुई तिहाई बहुमतमा पुगेको पनि उनले बताए। यो राजनीतिक स्थीरता चाहने विकास निर्माण र समृद्धि चाहने सबैैका लागि खुसीको कुरा भएको उनले सुनाए। अब हामी विकास निर्माण र समृद्धिको काममा केन्द्रित हुन चाहेको उनको भनाइ छ।

चीनको कोरोनामा राजनीतिक गर्न खोजियो

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपाल भ्रमण वर्ष सुरु भएसँगै चीनमा देखिएको कोरोना भाइरसका कारण नेपाल भ्रमण वर्ष २०२० मा केही ठेस लागेको बताएका छन्। चीनले कोरोना भाइरस नियन्त्रणका लागि चामत्कारिक रूपमा अस्पताल बनाएको र त्यसविरुद्धको खोप निर्माणमा लागिरहेकाले छिट्टै भाइरस नियन्त्रण हुने उनले विश्वास गरे।

चीनमा देखिएको कोरोना भाइरसबारे अनावश्यक राजनीतिकरण भएको पनि उनले बताए। प्रेस संगठन कास्कीले पोखरामा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ‘चीन नरुचाउने एकथरी मानिसले राजनीति गरेर वातावरणलाई त्रसित बनाउने काम गरेको बताए।

सन् २००८ मा अमेरिकाको एक सहरमा भाइरस फैलिदा विश्वभर चिन्ता जाहेर गरेको चीनले आफ्नो देशमा फैलिएको कोरोना भाइरसका विषयमा अतिरञ्जित भएको भन्दै निकालेको विज्ञप्तिमा भनेको उनले सुनाए। त्यसबेला २ लाख ५० हजार मानिस मरेका थिए। चीनमा हाल ४ सय हाराहारीमा मानिस मरेको अवस्थामा पनि गलत ढंगबाट प्रचार गरिएको भनी चीनले वक्तव्य नै जारी गर्नु परेको उनले जानकारी दिए। नेपालमा अहिलेसम्म कोरोना भाइरस देखिएको छैन। एक जनामा शंकास्पद देखिए पनि परीक्षण पछि भाइरस नदेखिएको पुष्टि भइसकेको उनले बताए।

प्रतिवेदनपछि एमसीसीको निर्णय

एमसीसी अध्ययन कार्यदलको प्रतिवेदन आएपछि पार्टीले निर्णय गर्ने नेकपा अध्यक्ष दाहालले बताए। एमसीसी अध्ययन कार्यदलले प्रतिवेदन दिएपछि पार्टीको बैठक बसी यस विषयमा निर्णयमा पुग्ने उनको भनाइ छ।

कार्यदलले ल्याएको प्रतिवेदन जस्ताको तस्तै पास नहुने उनले बताए। पार्टीले कार्यदल गठन गर्नुको उद्देश्य एमसीसीबारे सबैलाई बुझ्न र बुझाउन भएको बताए। राष्ट्रिय हितविपरीत कुनै पनि विषयमा सम्झौता नहुने भन्दै प्रतिवेदन सचिवालयमा आइसकेपछि पार्टीले आवश्यक निर्णय गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.