८ हजार घुससहित दुई प्रहरी समातिए
![८ हजार घुससहित दुई प्रहरी समातिए](https://annapurnapost.prixacdn.net/media/albums/arrested_20180911053149_nT7rg9dfxp.jpg)
बुटवल : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित दुई प्रहरीलाई पक्राउ गरेको छ। शुक्रबार दिउँसो ८ हजार घुससहित पक्राउ गरिएको अख्तियार बुटवलले जनाएको छ।
टिप्परहरुलाई सजिलो गरी सञ्चालनमा सघाउने भन्दै ५ हजार घुस लिँदै गरेको अवस्थामा बुटवलको रामनगर ट्राफिक विटमा कार्यरत असई सुर्यबहादुर अधिकारीलाई पक्राउ गरिएको हो। अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालका अनुसार देवदह खैरेनी पोष्टमा कार्यरत प्रहरी जवानलाई पनि शुक्रबार नै ३ हजार घुससहित पक्राउ गरिएको हो। उनीहरुले टिप्पर चालकबाट बारम्बार घुस लिँदै आएको उजुरी अख्तियारमा परेको थियो।
दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको भुसालले जनाकारी दिए। पाल्पा क्षेत्रबाट चल्ने टिप्परबाट प्रहरीले मासिक रकम असुली गर्ने गरेको उजुरी अख्तियारमा परेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)