प्राकृतिक तरिकाले कपाल कालो बनाउन यसो गरौं

प्राकृतिक तरिकाले कपाल कालो बनाउन यसो गरौं

अचेल धेरैलाई कम उमेरमै कपाल फुल्ने समस्याले सताउन थालेको छ । कपाल रंगाउन बजारमा पाइने विभिन्न रङ प्रयोग गर्नेको संख्या बढ्दो छ। यस्ता रङले कपालको जरालाई कमजोर बनाउन सक्छन्। घरेलु उपाय अपनाएर कपाल फुल्ने समस्याबाट बच्न सकिन्छ। 

अमला

अमला स्वास्थ्य र सुन्दरता दुवैका लागि उपयोगी फल हो। यसको नियमित प्रयोगले कपाल फुल्ने समस्याबाट राहत दिन्छ। अमला खानुको साथै मेहदीमा मिसाएर पनि लगाउन सकिन्छ। अमलालाई मसिनो गरी काटेर तातो नरिवलको तेलमा मिसाएर कपालमा लगाउनुपर्छ।

मरिच

मरिचले कपाल फुल्ने समस्या कम गर्न मद्दत गर्छ। त्यसका लागि मरिचका केही दाना पानीमा हाली उमाल्ने। पछि त्यस पानीले कपाल धुनुपर्छ। नियमित यसो गर्दा कपाल कालो देखिन थाल्छ।

चिया–कफी 

कपाल सेतो हुने समस्याबाट पीडितले कालो चिया अथवा कफीको प्रयोग गर्न सक्छन्। सेतो कपाल भएकाले कालो चिया वा कफीले कपाल धोएमा कपाल कालो देखिन थाल्छ। हरेक दुई दिनमा यसो गर्नुपर्छ।

घिउकुमारी

घिउकुमारीको जेल लगाए कपाल झर्नबाट रोकिन्छ। त्यसका लागि घिउकुमारीको जेलमा कागतीको रस मिसाई पेस्ट बनाउनुपर्छ र कपालमा लगाउनुपर्छ।

दही

कपाललाई प्राकृतिक रूपमा कालो बनाउन दही प्रयोग गर्न सकिन्छ। एउटा कचौरामा दही र मेहदी बराबर मात्रामा लिनुपर्छ र पेस्ट बनाउनुपर्छ। यस पेस्टलाई कपालमा लगाउनुपर्छ। साताको एक पटक कपालमा यो पेस्ट लगाए कपाल कालो हुन थाल्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.