पूर्वसचिवको घरमा रहस्यमय हत्या : प्रारम्भिक अनुसन्धानमा यस्तो देखियो (अपडेट)

पूर्वसचिवको घरमा रहस्यमय हत्या : प्रारम्भिक अनुसन्धानमा यस्तो देखियो (अपडेट)

काठमाडौँ : पूर्वसचिव अर्जुन कार्कीकी पत्‍नीको हत्या धारिलो हतियार प्रहार गरी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सोमबार कार्की बिहान सानेपास्थित आफ्नै निवासबाट मन्दिर गएर फर्कँदा पत्नी मुना कार्की अचेत अवस्थामा भेटिएकी थिइन् भने घरमै कामदारको रुपमा रहेका विजय चौधरी डोरीले झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए ।

अचेत अवस्थामा रहेकी कार्कीकी पत्‍नी मुनाको उपचारको क्रममा मृत्यु भएको हो । बेहोस अवस्थामा भेटिएकी मुनालाई उपचारका लागि ललितपुरस्थित स्टार हस्पिटलमा लगिएको थियो ।

महानगरीय प्रहरी परिसर ललिलपुरका प्रमुख एसएसपी टेक राईका अनुसार प्रहरीले घटनाको थप छानविन गरिरहेको छ ।

घटना रहस्यमय देखिएको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर ललितपुरको टोलीले घटना भएको घरलाई घेरामा राखेर अनुसन्धान गरिरहेको छ।

कामदार झुण्डिएको अवस्थामा भेटिनु र श्रीमति पनि टाउकोमा चोट र नील डामसहित अचेत अवस्थामा भेटिएर मृत्यु हुनुले यो घटना निकै शंकास्पद भएको र एउटा संगठित हत्या हुनसक्‍ने आशंका गरिएको छ।

दुवै शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि घट्नाको थप रहस्य खुल्ने राईले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.