कांग्रेसको विरोध प्रदर्शन : पक्राउ परेका कार्यकर्ताको रिहाइ माग

कांग्रेसको विरोध प्रदर्शन : पक्राउ परेका कार्यकर्ताको रिहाइ माग

राजविराज : नेपाली कांग्रेस सप्तरीले राजविराजमा विरोध प्रदर्शन गरेको छ । आफ्ना कार्यकर्तालाई झुठा मुद्दा लगाइ पक्राउ गरेको भन्दै सोमबार कांग्रेसले प्रदर्शन गरेको हो ।   
   
जुलुस नेपाली कांग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको नेतृत्वमा राज रंगशालाबाट निस्केको थियो । जुलुसले पक्राउ परेका कार्यकर्ताको रिहाइ माग्दै बजार क्षेत्रमा प्रदर्शन पश्चात् नेता चोकमा कोणसभा गरेको थियो । 

गत २१ माघमा डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहसहित केही कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीले सोही नगरपालिकाका निवासी अमरेन्द्रकुमार यादव, अर्जुनकुमार यादव र राजिवकुमार रायलाई पक्राउ गरेको थियो ।

    
उनीहरुमाथि अमानवीय व्यवहार अन्तर्गत मुद्दा चलाइएको प्रहरीको भनाइ छ । कांग्रेस सप्तरीका सभापति दिनेश यादवले पक्राउ परेका आफ्ना कार्यकर्तालाई झुठा मुद्दा लगाइएको दावी गर्दै रिहा नगरिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । 

उनले डाक्नेश्वरी नगरपालिकाका प्रमुख साहलाई भेट्न जाँदा उपप्रमुखका पति ओमप्रकाश यादवले आफ्ना कार्यकर्तामाथि दुर्व्यवहार गरेको तथा फसाउने नियतले उल्टै प्रहरीमा झुठो उजुरी दिएको दावी गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.