लुटेराको गोली लागेर एक युवकको मृत्यु

लुटेराको गोली लागेर एक युवकको मृत्यु

राजविराज : लुटेरा समूहले चलाएको गोली लागेर सप्तरीको बोदे बरसाईन नगरपालिका-५ जाँजरका एक युवकको मृत्यु भएको छ। बुधबार भारतको झंझारपुरबाट समान खरिद गरेर घर फर्किने क्रममा २२ वर्षीय डम्बर यादवमाथि गोली प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको हो।

मोटरसाइकलमा सवार रहेका लुटेरा समुहले पछाडिबाट गाडी रोक्न भन्दा नरोकेपछि चालक यादवमाथि गोली प्रहार गरि फरार भएको बताइएको छ। यादवसँगै स्कोरपियोमा सवार बोदे बरसाईन नगरपालिका-८ काचनका सुरेन्द्र यादव र सोहि  ठाउँका अनिलकुमार यादव सकुशल रहेको स्थानीय उमेश साहले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.