तीन महिनापछि महेन्द्र रत्‍न क्याम्पसको ताला खुल्यो

तीन महिनापछि महेन्द्र रत्‍न क्याम्पसको ताला खुल्यो

इलाम : अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियू)ले  महेन्द्र रत्न बहुमुखी क्याम्पसमा तीन महिनाअघि लगाएको ताला विद्यार्थी र क्याम्पस प्रशासन बीच सहमतिपछि खुलेको छ । क्याम्पस प्रशासनले विद्यार्थीका आंशिक माग पूरा गर्ने भनेपछि आन्दोलनरत विद्यार्थी संगठनले ताला खोलेको हो । 

अनेरास्ववियु क्याम्पस कमिटि अध्यक्ष दर्शन राई र अखिल क्रान्तिकारीका सचिव महिमा गौतमले विज्ञप्ति जारी गरेर क्यामपसमा लगाएको ताला खोलेको जानाएका छन् । 

१८ बुँदे माग राख्दै विद्यार्थीले मंसिर २ गतेदेखि ताला लगाएका थिए । स्ववियु निर्वाचनलाई समेत ध्यानमा राख्दै ताला खोलेको अनेरास्ववियूले जनाएको छ । 

लामो समय तनावमा रहेको क्याम्पस खुलेपछि शैक्षिक वातावरण सहज हुने विद्यार्थीले अपेक्षा गरेका छन् । 
यसअघि असन्तुष्ट विद्यार्थीको समूहले क्याम्पसमा तोडफोड र क्याम्पस प्रमुखको कुर्शी जलाउने क्रियाकलपा गरेपछि शैक्षिक वातावरण बिग्रेको प्राध्यापक र विद्यार्थीले गुनासो गर्दै आएका थिए। 

नेपाल विद्यार्थी संघले नेकपाको भातृसंगठन अनेरास्ववियूले क्याम्पस प्रमुख र लेखा शाखामा लगाएको ताला फुटाए पछि क्याम्पसमा थप तनावको स्थिती सृर्जना भएको थियो । 

नेपाल विद्यार्थी संघ लगायतका विद्यार्थी संगठनले नेकपाका स्थानीय नेताको स्वार्थको मारमा परेको आरोप लगाउँदै आएका थिए । नेविसंघका क्याम्पस संयोजक वविन राईले अब स्ववियु निर्वाचनको वातावरण बनाउन सबै संगठन लाग्नुपर्ने बताए । 

यसअघि हिउँदे विदामा क्याम्सप प्रमुख र सहायक क्याम्पसको बेग्ला बेग्लै सूचना आएपछि अदालत पुगेको इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसको मुद्धामा उच्च अदालत विराटनगर इलाम इजलासले प्रमुखकै सूचना कार्यान्वायन गर्न आदेश दिएको थियो ।
  
आदेशपछि क्याम्पस गत माघ ९ गतेबाट क्याम्पसमा पठनपाठन सुरु भएको थियो ।  अदालतले सुविधा र सन्तुलनको दृष्टिबाट तथा छात्रछात्राको सर्वोत्तम हितलाई मध्यनजर गरी माघ ९ देखि पठन पाठन सञ्चालन गर्न विपक्षीका नाममा आदेश जारी गरे थियो । 

प्रमुख गुरागाईले पुष १५ गते सूचना निकालेर पुष १६ गतेदेखि माघ ८ गतेसम्म विदा गरेका थिए । सञ्चालक समितिका तर्फबाट पुष २२ मा  सहायक क्याम्पस प्रमुखको हस्ताक्षरमा पुष २३ गतेदेखि माघ १५ गतेसम्म बिदाको सूचना निकालेका थिए । प्रमुख गुरागाईले पुष २२ गते अदालतमा दायर गरेका थिए । 

सञ्चालक समिति र क्याम्पस प्रमुखको विवादको कारण महेन्द्र रत्न बहुमुखी क्याम्पस लामो समयदेखि अन्योलकाबीच सञ्चालनमा छ । मरब क्याम्पस नेकपाको भागमा परेको क्याम्पसको रुपमा चित्र गरिने गरिएको छ । यतिबेला नेकपाकै दुई गुटको विवादले क्याम्पसको वातावरण तनावपूर्ण बन्दै गएको नेपाल विद्यार्थी संघ इलामका अध्यक्ष प्रकाश भट्टराई बताउँछन् । उनले भने, 'कहिले मुद्धा र कहिलेको तालाबन्दीले क्याम्पसका २ हजार ५ सयभन्दा बढी विद्यार्थीको भविष्य अन्यौलमा पर्न थालेको छ ।

क्याम्पस प्रमुखविरुद्ध लामो समयदेखि खनिएको नेकपाको भातृसंगठनको अबरोधका कारण महेन्द्र रत्न बहुमुखि क्याम्पसको महत्वपूर्ण काम प्रभावित भएको क्याम्पस प्रमुखले जनाउँदै आएका थिए । तालाबन्दीको कारण विद्यार्थीका कतिपय काम क्याम्पस प्रमुखले बाहिर बसेर चलाएका थिए । पुस ९ देखि अनेरास्ववियु र अखिल क्रान्तिकारीले लेखा शाखा, प्रशासन शाखा सहितमा ताल थपेपछि तलबलगायतका काम रोकिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.