जेटबोट बन्द : स्थानीयले मागे कमिसन
![जेटबोट बन्द : स्थानीयले मागे कमिसन](https://annapurnapost.prixacdn.net/media/albums/Jet-boat_20200115051006_UdlHurY2V9.jpg)
विराटनगर : दुई वर्ष अघि देखि निरन्तररुपमा सप्तकोशी नदीमा सञ्चालनमा आएको जेटबोट (पानी जहाज) स्थानीयको अवरोधले बन्द भएको छ। स्थानीयले भाडा वापत संकलीत रकमको २० प्रतिशत नदिए पछि जहाजलाई बन्धक बनाउने र यात्रीमाथी ढुगा हान्ने लगायतका अवरोधद्धले बन्द भएको हो।
स्थानीयहरुको कमिशन मागुको साथै रोजगारी दिनु पर्ने , बुकिङ्गमाअवरोध गर्नुको साथै कर्मचारी र यात्रुहरुलाई घण्टौ नियन्त्रणमा राख्न थाले पछी असुरक्षाको कारण देखाउदै व्यवसायहरुले सञ्चालन बन्द गरेको बताएका छन।
सप्तकोशीमा दुई वर्षअघि पानी जहाप परीक्षण गरेर संचालनमा आएको थियो। एक वर्षदेखि भने नियमित संचालन हुने गरेको पानी जहाजमा स्थानीय केही समूहले रकम माग्ने, निःशुल्क चढ्न पाउनु पर्ने, टिकटमा कमिसन दिनुपर्ने लगायत माग राख्न थालेपछि पानी जहाज बन्द गर्नुको विकल्प नरहेको नेपाल जल यातायात व्यवसायी महासंघका अध्यक्ष विमल मान श्रेष्ठले बताए। विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले भने –‘ सरकारको परिकल्पनालाई नीजी क्षेत्रले पुरा गर्ने बेला सुरक्षाको प्रत्याभुति नभएर बन्द गरेको छौं। पानी जहाजको व्यवासाय गर्दा राज्यको उपस्थिती भएन , उनले भने –‘प्रहरीले समेत धाक धम्की दिने गरेको छ।‘
सप्तकोशीमा चतराघाटदेखि भोजपुरको हतुवागढीको सिम्लेसम्म सातवटा पानी जहाज चल्दै आएका छन्। बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रा.लि., नेपाल रिभर ट्रान्सपोर्ट प्रा.लि., बराहक्षेत्र मरिन एण्ड रिर्सोट प्रा.लि. र सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन प्रा.लि.ले सातवटा पानी जहाज संचालन गर्दै आएका छन्। पानी जहाज सहिदभूमिको त्रिवेणीमा रोकिएको सप्तकोशी टुरिजमका संचालक राजेन्द्र कार्कीले बताए।
उनले स्थानीयको अवरुद्ध सहन नसकेर वुधवार देखि बन्द गरेको जानकारी दिए। जाहाज संचालन गर्ने वातावरण बनाउन स्थानीय प्रशासन र प्रदेश सरकारलाई पनि ध्यानाकर्षण गरिएको उनले बताए। हाल सम्म राज्यको तर्फ वाट सहयोग गर्नुको सार्टे व्यवसाय नै धरापमा पर्ने अवस्था आएको बताए। चतराबाट बराहक्षेत्र जल यातायातले चारवटा, नेपाल रिभर, बराहक्षेत्र मरिन र सप्तकोशी टुरिजमले एक एक जहाज संचालन गर्दै आएका छन्। दैनिक चारदेखि पाँचसय यात्रुले सेवा पाईरहेको बताइएको।धनकुटाको सहिद भुमि गाउँपालिका स्थित नदी किनारका त्रिवेणी र सिमलेका स्थानीय युवाहरुले कमिशन माग्नुको साथै धाक्क धम्की दिदै आएको व्यवसायीहरुले बताएका छन्।
सप्तकोशीमा तीन सिटका तीन, आठ सिटका दुई, सत्तरी सिटको एक र अठार सिट क्षमताको एउटा गरी कूल सातवटा पानी जाहाज संचालन हुँदै आएका छन्। खासगरी चतराघाटबाट बराहक्षेत्र र भोजपुरका विभिन्न भागसम्म पुग्ने यात्रुलाई पानी जहाज संचालनमा आएपछि आउजाउमा सहज भएको थियो।
बस र पैदलमा ६ घण्टा लाग्ने भएता पनि पानी जहाजले १५ मिनेटमा पुर्याउने गरेको छ। स्थानीयहरुले माथी वाट ढुङ्गा खसाउनुको साथै आन्तरिक तथा बाह्य प्रयर्टकलाई दुव्यवहार समेत गर्ने गरेकाले यात्रु र संचालकको सुरक्षाको ग्यारेन्टी नभए सम्म सञ्चालन नगर्ने चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)