कुलो मासेर बनाइएको बाटो भत्काइयो

कुलो मासेर बनाइएको बाटो भत्काइयो

चन्द्रपुर : जग्गा व्यवसायीले सार्वजनिक कुलो मासेर बाटो बनाएपछि विरोध भएको छ। विरोधपछि रौतहटको चन्द्रपुर नगरपालिका ६ नम्बर वडा कार्यालयले कुलो मासेर बनाएको बाटो भत्काएको छ। चन्द्रपुर–६ बजार टोलबाट दक्षिणतर्फ साविक जग्गाधनी भैरब भट्टराईको घर जग्गाको पूर्वपट्टि रहेको १६ फिटको दशकौं पुरानो कुलो मासेर जग्गा व्यवसायीले बाटो बनाएका थिए।

जग्गा प्लटिङ गरी पुरानो कुलो मासेर बाटो बनाएको र त्यसलाइ रोक्नका लागि केही स्थानीयले गत पुस ११ गते चन्द्रपुर नगरपालिकाको कार्यालयमा उजुरी दिएका थिए। सार्वजनिक कुलो मासेर व्यक्तिले फाइदा लिन खोजेको जानकारी पाएपछि त्यस स्थानमा पुन कुलो नै बनाउन लागिएको निमित्त वडाध्यक्ष जंगबहादुर घलानले बताए।

बाटो बनाउन पुरेको माटो हटाइ कुलो बनाउन बिहीबारदेखि वडा कार्यालयले जेसीबी प्रयोग गरेको छ। वडाभित्र रहेका कुलो तथा सार्वजनिक जग्गा अतिक्रमण हुने क्रम बढेकाले त्यसको संरक्षणमा लागेको वडाध्यक्ष घलानको भनाइ छ।

स्थनीय बतहु चौधरी, जयप्रकाश शाह, उदयकुमार सिंह र राजकुमार साहलगायतले कुलो मासेर बाटो बनाउन नहुने भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका थिए। सरकारले प्लटिङ र कित्ताकाट रोकेको समयमा व्यवसायीले नापीका कर्मचारीसँग मिलेर कागजात तयार गरी प्लटिङ गरेर जग्गा बिक्री गर्न लागेको स्थानीयको आरोप छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.