मुस्लिम सभा गर्न सरकारको अनुमति, बढ्यो भारतको चासो

मुस्लिम सभा गर्न सरकारको अनुमति, बढ्यो भारतको चासो

राजविराज : सप्तरीको बरसाईन नगरपालिका-५ जाँजरमा हुने मुस्लिम समुदायको इज्तिमा कार्यक्रम अन्तर्रा्ष्ट्रियकरण नगर्ने सर्तमा गृह मन्त्रालयले पुनः अनुमति दिएको छ। गृहमन्त्रालयको निर्णयपछि भारतीय सुरक्षाकर्मीले कार्यक्रमप्रति चासो देखाएका छन्।

शुक्रबार विहार राज्य मधुबनी जिल्लास्थित पुलिस स्टेसन लौकहि थानाका प्रमुख अरविन्द कमारले सप्तरीका डिएसपी तिलक भारतीसँग भेटघाट गरेका छन्। गत बिहीबार मात्रै नेपाल र भारतबाहेक अन्य मुलुकका मुस्लिम समुदायसमेत सम्मेलनमा सहभागी हुन आएको भन्दै गृहमन्त्रालयले कार्यक्रम नगर्न निर्देशन गरेको थियो।

सोहि सर्त अनुसार नेपाल भारतबाहेकका नागरिकलाई फर्काउन अहिले प्रशासनले तयारी गरेको छ। त्यसका लागि ६ सय नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ। फागुन ३, ४ र ५ गते हुने भनिएको कार्यक्रममा २ लाख मुस्लिम समुदाय सहभागी हुने बताइएको छ। हालसम्म ३० हजार भन्दा बढी मुस्लिम समुदाय कार्यक्रमस्थलमा आइसकेका जानकारी दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.